जापानमा रामकृष्ण ढकाल टिमको पहिलो कार्यक्रम मंगलबार

तस्बिर नरेश भट्टराईको फेसबुकबाट 

गृष्मा ईन्टरटेन्टमेंट र सुर्य कर्पोरेसन आयोजनामा जापानको आजको पहिलो कार्यक्रममा आज मंगलबार हुदैछ । कलाकारहरु जापान आईसकेका छन् |

आजै गायक रामकृष्ण ढकालले आफ्नो फेसबुकमा लेखेका छन्: "फुकोओकाबाशी सबै ईस्टमित्रहरूलाई साकुरा नाईटमा चुलै निम्तो छ |"

गोल्डन विकको अवसरमा जापानको फुकुओका र टोक्योमा हुने ‘साकुरा नाईट’ मा नेपालका पाच फरक बिधाका अति चर्चित पाच कलाकारहरू आईसकेका छन् | कार्यक्रममा  सदावाहार गायक रामकृष्ण ढकाल ढकाल, आधुनिक गायनका नयां आयाम तथा युवामनको ढुकढुकी हिमाल सागर, चर्चित गायिका मिलन अमात्य, हाँस्य कलाकार जितु नेपाल मुन्द्रे सहित कार्यक्रम प्रस्तोता नरेश भट्टराईको बेजोड प्रस्तुती रहनेछ ।

फुकुओकाको च्युओ सिमिन सेन्टरमा मे को ३ तारिक मंगलबार दिनको ५ बजेवाट सुरुहुने कार्यक्रमको टिकट दर २,००० एन रहेको छ भने टोक्योको रोधि कल्वमा हुने कार्यक्रम मे को ८ तारिक आइतबार दिनको ५ बजेबाट नै सुरू हुनेछ । टोक्योमा १ पिउने पदार्थ र खाजा सेट सहित ३,००० को टिकट दर तोकिएको छ । साकुरा नाईट जापानमा नामचिन सुर्य कर्पोरेसनले नेपालमा पहिलो पटक यस अघि ईन्डियाका टप गाएक मिका सिंगको कन्सर्ट गरेको ग्रिस्मा इन्टरटेन्टमेन्टसंग मिलेर गर्दैछ ।

तस्बिर: रामकृष्ण ढकालको फेसबुकबाट



,