जीपको ठक्करबाट बालकको मृत्यु

गोरखा वैशाख, ३१ - गोरखामा जीपको ठक्करबाट एक बालकको ज्यान गएको छ । तनहुँको बुखैरनीबाट गोरखा सदरमुकामका लागि छुटेको ग १ च ८०८६ नम्बरको बोलेरो जीपले ठक्करबाट ५ वर्षे सुदीप विकको ज्यान गएको हो । सदरमुकामको वर्ल्ड क्यापिटल उच्च माविमा पढ्ने उनी स्कुलबसबाट झरेर सडक पार गर्न लागेको बेला जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । गोरखाको विरेनचोकमा भएको दुर्घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा मृतकका परिवारले चालकलाई कडा कारवाही गर्नु पर्ने माग गरेका थिए ।  प्रहरीले जीप चालक सुनिल रोकालाई  पक्रेको छ ।