मेसीको फ्यान पाँच वर्षे मुर्ताजा देश छाड्न बाध्य

इस्लामवाद वैशाख, २२–फुटबल खेलाडी नियोनल मेसीको नाम अंकित सर्ट लगाएका फोटोका कारण विश्वभर भएका एक पाँच वर्षे अफगान बालक सपरिवार भागेर पाकिस्तान छिरेका छन् । मूर्ताजा अहमदीका पिताले लगातार अपहरणको धम्कीसहित एक समूहले पैसाले मागेपछि आफूहरु भागेको बताए । निलो धर्के पलाष्टिक ब्यागबाट बनाइएको सर्ट पहिरेको फोटोका कारण मुर्ताजा निकै चर्चित भए । त्यो थाहा पाएर अर्जेन्टिनी फुटबलर सुपरस्टार मेसीले उनलाई आफ्नो हस्ताक्षरयुक्त दुई थान जर्सी र एक फुटबल उपहार पठाए ।‘मलाई मेसी मनपर्छ । उनी राजा हुन,’ मेसीलाई कुनै दिन भेट्ने आश राखेका मुर्ताजाले भने ।