पन्चे बाजा सहित ट्याक्सी ब्यवसायीहरुको बनभोज


चिमखोले ठिटो / बाल्टिमोर मेरिल्याण्ड 

मेमोरियल डे" मे २९, २०१६ आइतबारको दिन नेपालको बिभिन्न ठाँउबाट बाल्टिमोरलाइ आफ्नो कर्मथलो बनाउदै आएका नेपाली ट्याक्सी ब्यवसायीहरुले अमेरिकाको मेमोरियल डे को अवसर पारेर बनभोजको आयोजना गरेका थिए । मेरिल्यान्डको गनपाउडर स्टेट पार्कमा बनभोज कार्यक्रम भएको थियो |

कुनैपनि सँघ सँस्थाको नाम नरहेको यो समुहले नितान्त ब्यक्तिगत हिसावमा यो बनभोज कार्यक्रम ४ बर्षदेखि मनाइदै आएको कुरा बिगत ६ बर्ष देखि ट्याक्सी चलाउदै आउनु भएका म्याग्दी ज्यामरुककोटका दिपक रिजालले बताउनु भयो ।

 उक्त बनभोज कार्यक्रम करिव ३५ जना ब्यावसायीहरुको सँयुक्त पहलमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सम्पुर्ण ब्यवसायीहरुको पारिवारीक जमघट तथा आफ्ना नजिकका ईष्टमित्रहरुलाइ पनि निम्त्याइएको थियो । बँदेल, खुखुराको पखेताको बार्विक्यु तथा खसिको मासु दालभातको स्वादिष्ट परिकारहरु तयार पारिएको थियो र उक्त कार्यक्रममा उपस्थित सबैले एकदम मिठो मान्दै खाएका थिए ।

 कार्यक्रमलाइ रमाइलो बनाउनको निम्ती पञ्चे बाजा तथा दोहोरी गितको पनि ब्यवस्था गरिएको थियो । दोहोरी गितमा म्याग्दी चिमखोला कि मञ्जु पुन, बाल्टिमोर निवासी पारषमणी श्रेष्ठ र तनहुका शशि थापाले  श्रोताहरुलाइ मिठो मिठो गित गाएर मनोरंजन दिलाएका थिए भने जेबी पुन, रमेश कार्की, हिक्मतमणि श्रेष्ठ, सन्दिप रोका, हेम छन्त्याल तथा साथीहरुले पञ्चेबाजा बजाएर भरपुर मनोरञ्जन दिएका थिए ।
कार्यक्रम आयोजनाको लागी  नविन कुमार मल्ल, रामु थापा मगर, बेनीका कमल घरब्जा, गोबिन पुन, दिपक रिजाल, कमल भण्डारी, अर्जुन शाहीहरुले प्रमुख भुमिका खेलेका थिए ।

 साथै गतसालहरुमा भन्दा यससाल भने ट्याक्सि ब्यवसायीहरुको सँख्या बढेर आएको प्रष्टै देखिन्थ्यो ।



























, ,