कालीनदीमा बेपत्ता भएका एक युवाको शव फेला

पाल्पा, वैशाख ४ – पाल्पाको रानीघाट दरबार घुम्न गएका बेला पौडी खेल्ने क्रममा कालीनदीमा बेपत्ता भएका तानसेन–११ प्रभासका १८ वर्षका सुदर्शन कुँवरको शव मंगलबार बिहान भेटिएको छ । सोमबार दिउँसो २ बजेतिर कुँवर पौडी खेल्दाखेल्दै नदीमा बेपत्ता भएका थिए । अस्थायी प्रहरी चौकी रानीमहलका प्रहरी हबल्दार डिल्ली भट्टराईका अनसार पौडी खेलेको स्थानभन्दा एक सय मिटर टाढा कुँवरको शब भेटिएको हो । त्रिभुवन बहुमुखि क्याम्पस पाल्पामा बिएससीमा अध्ययनरत कुँवर पाँच जना साथीसँग रानीमहल घुम्न गएका थिए । कुँवरसँगै चार जना नदीमा पौडी खेल्न गएका थिए ।