मधेसका जनतालाई भारतको चस्माले नहेरौं -कोइराला



मोरङ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकार सञ्चालन गर्नेहरूलाई मधेसका जनतालाई भारतको चस्माले नहेर्न भनेका छन् । कांग्रेस मोरङले विराटनगरमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कोइरालाले भने, ‘मधेसका जनतालाई भारतको चस्माले हेर्ने परम्पराको अन्त्य नभए मधेसी जनता अधिकार सम्पन्न हुँदैनन् ।’

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एमाले, एकीकृत माओवादी, राप्रपा, मधेसी जनअधिकार फोरम फोरम नेपालका अध्यक्ष र मधेसकेन्द्रित दलका नेता सम्मिलित राजनीतिक संयन्त्र गठन गर्नुपर्ने कोइरालाको जोड छ ।

उनले यसो गरे मात्रै समस्याको समाधान हुने धारणा राखे । पछिल्लो समय कांग्रेस भारतको इसारामा चलेको भन्ने आरोप आइरहेका बेला कोइरालाले फेरि मधेसको मुद्दाबारे कुरा उठाएका हुन् ।