लोक सांस्कृतिक साँझको तयारी अन्तिम चरणमा


मेरिल्याण्डमा आईतबार  हुने सुमधुर लोक सांस्कृतिक साँझको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले बताएका छन |

उक्त सांस्कृतिक साँझमा आउनु हुने सबै कलाकारको आउने निश्चित भईसकेको पनि आयोजकले जानकारी दिएको छ | कार्यक्रममा नेपालमा ख्याती कमाएका नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकारहरु आउदै छन् | यो कार्यक्रमको मुख्य आकर्षण अमेरिकामा रहेका लोकदोहोरी गायक कुलेंद्र विश्वकर्मा रहनु भएको छ |

"कार्यक्रमको सबै तयारी सकिएको छ | अहिलेसम्म मेरिल्याण्डबासीको राम्रो प्रतिक्रिया पाईएको छ|" सांस्कृतिक साँझको आयोजना गरेका युवा मध्येका एक इन्दुराज रेग्मीले द नेपाल टुडेलाई बताउनु भयो |

"यो कार्यक्रम मेरिल्याण्डमा हालसम्म भएका कार्यक्रमहरु मध्येको एउटा उत्कृष्ट कार्यक्रम बनाउन्र हाम्रो लक्ष्य छ", रेग्मीले थप्नुभयो, "लोक सांगीतिक कार्यक्रमबाट दर्शकहरुलाई भरपुर मनोरंजन दिलाउने हाम्रो उद्देश्य रहॆको छ |"

कार्यक्रममा गायिका निशा सुनार र गायिका संगीता थापा न्यु योर्कबाट आएर यहाँका दर्शकलाई नचाउने छन् | मोडल यत्ना कार्कीको बिशेष प्रस्तुति पनि रहने छ |

कलाकार उदय भट्टराईले आफ्नो पुरानै शैलीमा दर्शकहरुलाई भरपुर मनोरंजन दिनेछन् |

यहि मे २२ साँझ ६:३० देखि १२:३० सम्म हुने उक्त कार्यक्रममा सहभागी भईदिनुहुन आयोजकका तर्फबाट इन्दुराज रेग्मी आग्रह गर्नुहुन्छ |

यो कार्यक्रमको आयोजना हिमाल महत, दिनेश आचार्य, ईन्दुराज रेग्मी र रमेश सुबेदीको संयुक्त पहलमा यो कार्यक्रम हुदैछ |

प्रत्येक टिकटको शुल्क २५.०० डलर रहेको छ | डिनरको निशुल्क ब्यबस्था गरिएको छ|

यो कार्यक्रम स्थानिय माउन्ट एभरेष्ट रेष्टुरेन्टमा हुने छ | मे २२ तारिख आईतबार साँझ ६:३० देखि १२:३० सम्म कार्यक्रम हुने आयोजकले बताएका छन् |

कार्यक्रम हुने ठेगाना यसप्रकार छ : MOUNT EVEREST RESTAURENT
                                              7927 BELAIR ROAD
                                              NOTTINGHAM MD 21236

,