राजेश पायल र पविता परियारले अमेरिकामा गीत रेकर्ड गरे


अमेरिका, कार्यक्रमको शिलशिलामा अमेरिका रहेका चर्चित गायक राजेश पायल राईले अमेरिकामा गायिका पविता परियारसंग दुईवटा गीत रेकर्डिंग गरेका छन ।

राईले न्युयोर्कको एउटा स्टुडियोमा उक्त गीत रेकर्डिंग गरेका हुन् ।

 “दोष तिम्रो नै हो” भन्ने बोलको गीतमा सुमन बुढा मगरको शब्द तथा सङ्गीत दिएका छन ।

 राइ र परियारले न्यु ह्याम्सारको कार्यक्रममा स्टेजमा संगै गीत गाउने कार्यक्रम छ | घांसी फाउन्डेशनको सहयोगार्थ संचालन हुने कार्यक्रममा महानायक राजेश हमाल, केकी  अधिकारी, र  पवनकलीले समेत प्रदर्शन गर्ने छन् |