संबिधान जलाउने र कम्युनिष्टसँग काङ्रेस प्रबास संगठनको सहकार्य हुँदैन -ओम भट्टराई



आदरणिय जसम्पर्क समिति अमेरिकाका सदश्य , शुभचिन्तक , सल्लाहकारहरु,

प्रजातन्त्र , लोकतन्त्र र स्वतन्त्रताको जननी अमेरिकि भुमीमा श्रम पसिना बगाएर सदैब मात्री भुमीका हितकालागि कृयासिल हामी यती बेला नेपाल नाम जोडेर भाबनात्मक सहमत (इमोसनल ब्ल्याकमेल ) गर्दै केही ब्यक्तिले बिभिन्न ब्यक्तिगत फाईदाका खातिर गर्न लागिएको " नेपाल डे परेड " नामको कार्यक्रम सम्बन्धमा समितीको अधिकारिक धारणा सार्वजनिक गर्दै छौ ।

१) "नेपाल डे परेड" नामक कार्यक्रममा "जनसंपर्क समिती अमेरिका"को सहभागिता सत प्रतिसत झुटो हो । यो परेडका सम्बन्धमा समितीमा कुनै अधिकारिक निर्णय भएको छैन । यदी भएको छ भन्छ कोही भने त्यो निर्णय सार्बनजिक गरोस् ! हामी चुनौती दीन्छौ । होइन भने लोकतन्त्रको राग गाउदै अलोकतान्त्रिक काम गर्नेलाई हामी नाङे झार पर्छौ ।

२) बहुमत संबिधान सभा सदस्यहरु द्वरा जारी सम्मानित नेपाल अधिराज्यको संबिधान जारी हुने बित्तिकै न्युयोर्कको डाइभर सिटी प्लाजामा संबिधान जलाउने "आदी बासी जन जाती महासंघ" को नेत्रित्वमा आयोजित परेडमा नेपाली कांग्रेसको प्रबाश संगठन कसरी आयोजक हुन सक्छ ? यसरी नेपाली कांग्रेस पार्टीको नैतिकता लाई पूर्ण त तिलान्जली दिने उद्श्यले जनसंपर्क समितीको पनि सहभगिता भन्दै केही ब्यक्तिहरु पछाडि कुद्न्नुको पछाडि अर्थिक लाभको गन्ध मात्र हुन सक्छ ।

३) नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रबास संगठन प्रबासी नेपाली मन्च अमेरिका ( ओली समुह ) अहिले योजना बद्ध ढंग बाट कांग्रेसलाई बिदेशमा समेत सक्न्ने रणनितीमा छ । त्यही रणनिती अन्तर्गत कम्नुसिटहरु हाम्रो संगठनका एक , दुई जना लाई बेकुफ बनाएर जनसंपर्क पनि परेडमा छ भनेर प्रचार बाजी गरी रहेका छन । यसै पनि अहिले नेपाली कांग्रेस लाई एमाले सरकार योजना बद्ध ढंग बाट सिध्याउने रणनिती मा छ । त्यही योजना अन्तर्गत र को पक्का एजेन्ट के पि वली लाई चर्को राष्ट्र बादी प्रमाणित गरेर कांग्रेस सभापति शेर बहादुर देउवा , गगन थापा , बिमलेन्द्र निधी जस्ता नेतालाई नबोलेको कुरा लाई यो भन्यो त्यो भन्यो भन्दै संचार माध्यम , सामाजिक सन्जाल मा बूस्ट गर्दै छन् । पछील्लो समय अमेरिका मा पनि नेपाली कांग्रेस को बलियो प्रबाश संगठन जनसंपर्क समितीलाई नेपाल परेड डे नामको कार्यक्रमको आयोजक भनेर अतिरन्जित गरिदै छ । यो सरासर झुट हो , यो प्रचार बाजी अन्न्याय पूर्ण छ । हामी खेद ब्यक्त गर्दछौ ।

४) एक , दुई जना ब्यक्तीको ब्यक्तिगत इच्छा र् स्वार्थ मा आयोजित कार्यक्रम कसरी नेपाली को हुन सक्छ ? देशनै टुक्राउने प्रचारबाजी गर्नेहरुका सहयोगीहरुसमेत सम्मिलित कार्यक्रममा कसरि एकता हुन सक्छ ? जस्ले संबिधान जलायो त्यही ब्यक्ती र संस्था अनी अमेरिकामा कम्मुनिस्टको अग्रसरतामा आयोजित कार्यक्रम हामी बहिस्कार गर्दछौ ।

५) यसै पनि सेनेटर चकसुमरले परेडमा सहभगिता नाजनाउने भएका छन् । बिबाद भएको कारणले नै उनी नआउने भएको बुझिएको छ। झगडा कै कारण दैब पनि कती निस्ठुरी दिन भरी झरी पार्ने भएछन् ।

नोट : अमेरिकी कानुन अनुसार जो जसले पनि आ-आफ्ना कार्यक्रम गर्न पाउने भएकाले अन्य जोसुकै आयोजक हुन्, उनीहरुले गर्ने कार्यक्रममा हाम्रो हुने बाधा अवरोध भने छैन । उनीहरुको कार्यक्रम जे होस् शुभकामना दिदै , हामि नेपाली जनसम्पर्क समिति अमेरिका सहयोगी तथा आयोजक नरहेको जानकारी दिनचाहन्छौ।

धन्यवाद, जयनेपाल ।

,