द नेपाल टुडेका प्रबन्ध निर्देशक शिव मल्ललाई पितृ शोक



द नेपाल टुडेका प्रबन्ध निर्देशक शिव मल्ललाई पितृ शोक परेको छ | उहाँका पिता मिमनारायण मल्ललाई जेठ १२ गते मोटर साइकलले ठक्कर दिएको थियो र उपचारका लागी पोखरातर्फ लैजाने क्रममा उहाँको बाटो मै निधन भएको पारिवारिक सुत्रले जनाएको छ |

स्वर्गीय मल्लको हिजो नै पोस्टमार्टमपछि दाहसंस्कार गरिएको छ |

नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा समाजसेवी मल्लको असामयिक निधनप्रति श्रद्धान्जली प्रकट गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली कांग्रेस तनहुका सभापति बैकुण्ठ न्यौपाने तथा अन्य पार्टीका नेताहरु र समाजसेवीहरु मल्ल निवास पुग्नु भएको थियो |

तनहुँ थर्पु निवासी स्वर्गीय मल्ल स्थानिय समाजसेवी हुनुहुन्थ्यो | उहाँ ७३ बर्षको हुनुहुन्थ्यो | स्वर्गीय मल्लका एक श्रीमती, ४ छोरा र २ छोरी हुनुहुन्छ |

यस दुखद घडीमा द नेपाल टुडे परिवार स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछ |











,