नेपाल जापान बिद्यार्थी समाजले बिशेष साँस्कृतिक कार्यक्रम गर्ने



ह्याप्पी बन्धु "बिश्व"

जापान

"बिद्यार्थीका लागि बिद्यार्थी"भन्ने मुल नाराका साथ एक बर्ष अगाडी स्थापना भएको नेपाल जापान बिद्यार्थी समाजले बिशेष साँस्कृतिक कार्यक्रम सहित प्रथम बार्षिक उत्सव मनाऊने भएको छ ।

आऊँदो मे २९ तारिख आइतवारका दिनशिनोकुबोको टोक्यो रोधी क्लवमा  हुने ' प्रथम वार्षिक उत्सव तथा विशेष सास्कृतिक महोत्सव २०१६ ' नाम दिईएको उक्त कार्यक्रमको तयारी तीव्र रुपमा भईरहेको समाजका केन्द्रिय महासचिव चेतन पौडेलले द नेपाल टुडेलाई जानकारी दिनुभएको छ ।

कार्य्रक्रम बिलकुल फरक खालको हुने महासचिव पौडेलको दाबी रहेको छ । वार्षिक उत्सवको दिन ' विधार्थी डायरी ' नामक पुस्तक र गोजि पात्रो विमोचनसंगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ ।

बिहान ११ बजेबाट शिनोकुबोको टोक्यो रोधी क्लवमा हुने कार्य्रक्रममा स्थानिय कलाकारहरु क्रमश : गायक सूर्य खड़का , ग़ज़लकार रविन शर्मा , हास्यव्यंग्य कलाकार कुमार श्रेस्ठ ' फर्सी ', गायक रामकृष्ण वममल्ल, गायक बिनोद भण्डारी, हास्यव्यंग्य कलाकार किरण सूबेदी ,गायक युवराज आचार्य , गायक समुंद्रराज पौडेल , हास्यव्यंग्य कलाकार प्रदीप कार्कि , गायक केशब शर्मा , नृत्यकार दिव्या नेपाल , नृत्यकार संगीता क्षेत्री , नृत्यकार आस्था खत्री , नृत्यकार सुनिता वाइवा , नृत्यकार सनम शाही , नृत्यकार प्रियंका चोखालको बेजोड प्रस्तुति हुने समाजका अध्यक्ष सन्तोषवावु चोखालले वताऊनु भएको छ ।