नेपाली कामदार थप्न इजरायल तयार

काठमाडौं जेठ, १३–इजरायल नेपालबाट थप कामदार लैजान सकरात्मक देखिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिएका हुन् ।‘नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिनुभएको छ,’ इजरायलका लागि नेपाली राजदूत प्रलादकुमार प्रसाईले टेलिफोनमा भने । हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् । नेपाल र इजरायलबीत गत वर्ष साउनमा एम समझदारी भएसँगै नेपालबाट ‘पाइलट प्रोजेक्ट’ अन्तर्गत केयरगिभर कामदार लैजान बाटो खुलेको थियो ।