"मुख्य कन्फ्युजन कुन पार्टीमा प्रवेश गरौँ भन्नेमा नै छ " -महानायक राजेश हमाल (भिडियो सहित)


नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले राजनीतिमा लगेर देश विकास गर्ने सोचमा आफु पुगेको बताउनु भएको छ |

केहि समय अगाडी कार्यक्रम देखाउन अमेरिका आएका हमालले द नेपाल टुडेसंग भन्नुभयो, "मैले राजनीति गर्ने कुराको निर्णय गरें तर कुन पार्टीबाट गर्ने भन्ने निर्णय गरेको छैन |"

"मुख्य कन्फ्युजन कुन पार्टीमा प्रवेश गरौँ भन्नेमा नै छ " हमालले भन्नुभयो |

आफु सधै डेमोक्रेसीको पक्षमा रहेको उल्लेख गर्दै हमालले भन्नुभयो, "तर म सयौं बर्ष पुरानो वाद र सिद्धान्तलाइ हुबहु मान्दै हिड्ने पक्षमा छैन |"

विकास, रोजगार र देशको समृद्धिलाई जुन पार्टीले सहयोग गर्छ, त्यही पार्टीमा जाने र सहयोग गर्ने हमालको भनाई थियो |

राजनीतिमा लागेर रातारात परिबर्तन गर्न सक्छु भन्ने लाग्दैन तर केहि त पक्कै गर्न सक्छु भन्ने महानायक हमालसंग राजनीति, कलाकारिता र उहाँको जीवनका अन्य पक्षका बारेमा द नेपाल टुडेका प्रधान सम्पादक सतिश चापागाईंले गरेको गरेको कुराकानी प्रस्तुत छ:

भिडियो शिव मल्ल

, ,