श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

बाग्लुङ वैशाख ३१ – बाग्लुङका एक जनालाई श्रीमतीको हत्या गरेका आरोपमा प्रहरी पक्रेको छ । पाण्डवखानी–९ का २९ बर्षिय नविनबहादुर पुनले ३३ बर्षिया श्रीमती गौमतीको हत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाँडरक्सी खाएका पुनले घरायसी विवादमा धारिलो हतियारले प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । पुनलाई प्रहरीले पक्राउ गरेको छ ।