गायिका पविता परियारको आधुनिक गीतको एल्बम 'दीप'को न्यु योर्कमा बिमोचन


गायिका पविता परियारको स्वर र साहित्यकार गीता  खत्रीको शब्दमा तयार भएको आधुनिक गीतको एल्बम 'दीप'को न्यु योर्कमा बरिष्ठ निर्देशक तुलसी घिमिरेले एक समारोहका बीच बिमोचन गर्नु भएको छ |

दीपको बिमोचन गर्दै निर्देशक घिमिरे ले भन्नु भयो, "गीतले मान्छेको मन छुनु पर्छ, मुटुमा चस्स घोच्ने हुनुपर्छ |"

कार्यक्रममा सबैले दीपको सफलताको शुभकामना ब्यक्त गरेका थिए |

दीपको बिक्रिबाट प्राप्त रकम नेपालमा धुर्मुस सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरिने उहाँहरुले बताउनु भयो |

बरिष्ठ चलचित्र निर्देशक घिमिरे चलचित्रको कामले केहि समयदेखि अमेरिकामा हुनुहुन्छ |

यो एल्बममा गायिका पबिता परियारको एकल आवाज रहेको छ | "साहित्यकार गीता खत्रीका अर्थपूर्ण शब्दहरुमा बिभिन्न संगीतकारहरु र एरेन्जरहरुको साथमा कालजयी र मिठा गीतहरु सिर्जना भएका छन् | म अति नै उत्साही भएकी छु |"

यो मेरो चौथो एल्बम हो | नव प्रतिभा बहिनिलाई दिएको छु | उहाँको स्वर पनि सार्है राम्रो रहेछ |" रचनाकार गीता खत्रीले द नेपाल टुडेसंग भन्नुभयो,  "छ जना संगीतकारहरुले मेहेनत गर्नु भएको छ |" "उहाँहरुले भुकम्प प्रभावित क्षेत्रमा सार्है राम्रो काम गर्नु भएको रहेछ | पविता बहिनीले प्रस्ताब राख्नु भयो मैले हुन्छ भने |" साहित्यकार तथा रचनाकार खत्रीले भन्नु भयो |

रचनाकार खत्री अन्तराष्ट्रिय नेपाली साहित्य समाजको पुर्ब केन्द्रिय अध्यक्ष खत्री अहिले बोर्ड अफ ट्रष्टीमा हुनुहुन्छ |

गायिका परियार केहि समयदेखि अमेरिकामा हुनुहुन्छ  भने रचनाकार खत्री १८ बर्षदेखि अमेरिकामा हुनुहुन्छ | अमेरिकामा हुने नेपालीहरुका धेरैजसो कार्यक्रममा पबिताले आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी छन् |

एल्बममा छ जना संगीतकारहरु हरि लम्साल, जय कुमार, यश कुमार, उदय सोतांग, चेतन सापकोटा र महेश खड्काले संगीत संयोजन गरेका छन् |

यो एल्बम जय म्युजिकले बजारमा ल्याउदैछ ।