पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौं, जेठ १५ – सरकारले पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आगामि आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारहरुको स्वास्थ्य उपचारमा सहुलियत दिने बताउनुभएको हो ।
आगामी तीन वर्षमा सबैको स्वास्थ्य बीमा गर्ने, वीरअस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न बनाउने, बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क दिने तथा ८ प्रकारका रोगको निःशुल्क उपचार सेवा दिनेलगायतका कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।