न्यू योर्कमा रहेका विभिन्न संघ संस्थाहरुलाई नेपाल डे परेड सम्बन्धि खुल्ला निवेदन - रबिन बज्राचार्य


आदरनिय मित्रहरु ज्वज्वलप्पा,
म सानो मान्छे बिचार पनि सानै छ। त्यसैले म आफ्नो निवेदन हजुरहरुमा विन्ति गर्न अनुमति चाहन्छु। यो मेरो नितान्त निजि विचार हो, कसैको आदेश र अनुरोधमा लेखिएको हैन्। त्यसैले यो लेखको जिम्मेवार म आफै हुँ, अन्यथा नलिनु होला। रिसानी माफि पाउँ। गल्ति गरेको रहेछु भनेपनि तपाईंहरु कै भाइ हो भनेर माफि गरिदिनु हुन अनुरोध गर्दैछु।

प्रिय अग्रजहरु, नेपाल डे परेड  २०१६ को तयारी अन्तिम अवस्थामा पुगेको छ। धेरै मित्रहरुले गत केही महिना देखि रात दिन खटेर लाग्नु भएको हजुरहरुलाई अवगत नै छ। साथै धेरै दानी मनका धनि ब्यक्तिहरुले आर्थिक रूपले सहयोग गरिसक्नु भएको छ भने अन्य मित्रहरुले दान दिने क्रम जारी नै छ। न्यूयोर्क भित्रका धेरै संध संस्थाहरु सहभागीको तयारीमा तल्लिन छन्। बाल्टिमोरबाट साथीहरु बस रिजर्व गरेर पंचे बाजाका साथ न्यू योर्कमा हाम्रो नेपाली एकता प्रस्तुत गर्न आउन तयारीमा लागी परेका छन्। क्यालिफोर्निया र टेक्सासका मित्रहरुले परेडमा सहभागीहुन टिकट काटीसकेका छन्।

परेड ७ दिन बाकि छ। यस्तो भन्दै गर्दा न्यु योर्कको सबैभन्दा ठुलो भनिएको संस्थाहरुले सहभागिता नजनाउने भन्ने आसयका विज्ञप्तिहरु निकालेको यहाँ उल्लेख नगरि रहन सक्दिन्। तर यस्तो भन्दै गर्दा समुदायका धेरै मित्रहरुले परेडमा भाग लिने वचन दिइसकेको पनि जानकारी गराउन चाहन्छु। त्यसैगरि अन्य धेरै मित्रहरु पनि सहभागिता हुँदैछ।

आदरणिय अग्रजहरु यो परेड कुनै ब्यक्ति या संस्था बिशेषको हित अथवा नामको लागी हुँदै गरेको होइन भन्ने म मान्दछु। यो त समग्र नेपालीको एकता र नेपाल कै कला र संस्कृत विश्वको सामू प्रस्तुत गर्ने सुनौलो अवसर हो। संसारका धेरै राष्ट्रका नागरिक एवं बंगलादेसीहरुले सम्म न्युयोर्कमा परेड गर्ने अनुमति पाएका छैनन्। यो हाम्रो अहोभाग्य हो। बिश्वको राजधानी न्यूयोर्कको मुटुमा ४ धण्टासम्म बाटो रोकेर परेड गर्ने स्विकृति हामी नेपालीले पाएका छौं। त्यसैले यस सुवर्ण अवसरको सदुपयोग गरेर हामी नेपाली एकजुट भइ परेडमा सहभागी हुनै पर्छ भन्ने मान्यता हो, र तपाईहरु सबैमा परेडमा सहभागी हुन म दश औंला जोडेर शिर निहुराउँदै बिन्ति गर्दछु।

यस परेडको आयोजना गर्दै गर्दा शुरुका आयोजक सदस्यहरुबाट पक्कै गल्ति र कमि कमजोरी भएकै हो भन्ने मेरो ठहर छ। काम गर्दा नै गल्ति हुने हो, कामै नगरे कुनै गल्ति हुँदैन्। यसको लागी वहाँहरुबाट बारम्बार माफि पनि मागी सक्नु भएको छ। दण्डित हुन पनि तयार हुनु हुन्छ। तर केहि दोषलाई बारम्बार कोच्याएर परेड नै सहभागी नहुनु अझै ठुलो ग्ति हुन्न र? हामि आफ्नो संस्था का सदस्यहरुलाई के भनेर जवाफ दिने र चित्त बुझाउने? के कार्य समितिको जिम्मेदवार आफना सदस्यहरु प्रति छैन र? तपाईंहरुको निर्णय जायज होला, तर एकता देखाउने अवसर नचुकाउनु होला भनि पुन एक पटक विन्ति चढाउँछु।

कवि दुर्गा लाल जि ले लेख्नु भएको गीत" फुलको आँखामा फुलै संसार" लाई सबैले मानेका छन्। तपाईहरुले काम सहि हो भनि हेर्नु भो भने पक्कै पनि राम्रो काम हो र हामि पनि सहभागी हुनु पर्छ भन्ने नतिजामा तपाईहरु पुग्नु हनेछ। त्यसैले एक चोटी अन्तिम पटक फुलको आँखा लिएर हेर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएको छु। साथै आयोजक मित्र हरुलाई " चित्त शुध्द होस मेरो बोलि बुध्द होस्, मेरो पैंतीलाले किरै नमरोस" भनेर दुर्गा दाईकै शब्दहरुबाट अनुरोध गर्न चाहन्छु।

हामी सबै शुध्द मन गरिकन यो नेपाल र नेपालीको लागी राम्रो काममा सहभागी बनौं, जय नेपाली एकता |

,