एक लाख रुपैयाँ घुस लिएको अभियोगमा खरिदारविरुद्ध मुद्दा दायर

काठमाडौं, वैशाख ३१ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बेचबिखन गर्ने क्रममा एक सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा मालपोत कार्यालय कलङ्कीमा कार्यरत खरिदार देवराज केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार खरिदार केसीले चन्द्रागिरि नगरपालिका वडा नं १६ बस्ने एक सेवाग्राहीको काठमाडौं नागार्जुन नगरपालिकास्थित कित्ता नं ४५ र ५८ को जग्गा बेचबिखन गर्दा घुस माग्दामाग्दै थलोमा नै पक्राउ परेका थिए । आयोगले खरिदार केसीविरुद्ध रु एक लाख बिगोसहित हदैसम्मको कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको हो । रासस