कक्षा ११ को परीक्षा आजदेखि

काठमाडौं, जेठ २ – कक्षा ११ को परीक्षा आइतबारदेखि सुरु भएको छ । परीक्षामा तीन लाख ६९ हजार चार सय २६ परीक्षार्थी सहभागी हुने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । परीक्षा १२ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरेको छ । वैशाख २० गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षा भने शुक्रबार सकिएको छ ।