ढकालमय बन्यो सुर्य कर्पोरेसनको टोक्योमा साकुरा नाईट


ह्याप्पी बन्धु बिश्व
जापान
गोल्डेन विक अवसर पारेर र सुर्य कर्पोरेसनद्वारा आयोजित साकुरा नाईट कार्यक्रम फुकुओका पश्चात टोक्योमा भब्य रूपमा सम्पन्न भएको छ । टोक्यो रोधि क्लबमा भएको साकुरा नाईटमा नेपालका चर्चित कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

बाल कलाकार दिब्या नेपालको राष्ट्रीय गान सगै सुरु भएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरु सदावाहार गायक राम कृष्ण ढकाल,गायक हिमाल सागर र गायिका मिलन अमात्यको गित संगीतमा कार्यक्रममा सहभागी दर्शकहरु झुमेका थिए । कलाकारको मजालाग्दो प्रस्तुतीमा जापानका सफल ब्पापारि तथा एनआरएनका उपाध्यक्ष समेत रहेका भवन भट्ट छमछमि नाचेका थिए । दर्सकद्वारा वान्स मोरले हम्य/हम्य बनाउंदा स्वयम सेवकको भुमिका निर्वाहा गरेको हामिले नगरे कसले गर्ने र एमआरआर जापानले कुशल व्यवस्थापन गरेको थियो ।

 त्यस्तै कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारल जितु नेपाल “मुन्द्रे” ले नेपाल लगाएत जापानको पछील्लो गतिबिधिमा ब्यङ्ग्य गर्दै सहभागी दर्शकहरु लाई हसाँउनु हसाँएका थिए ।

 निकै चर्चामा रहेका संचारकर्मी नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालित कार्यक्रममा जापानमा चर्चित डिजे जोन छन्त्यालले नेपालका पहिलो प्रोफेसनल डिजे राजु संगै मिलेर डिजे गर्न पाउंदा आंफु निकै खुसि भएको कुरा ब्यक्त गरेका थिए ।
स्थानिय क्षेत्रमा रहेर पनि राष्ट्रीय कलाकारको ख्याति बनाएका गाएक राम कृष्ण बम मल्लले कार्यक्रमको सुरूवातमा साथ दिंदै उनैको एल्बमका मिठा लोक भाका प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा नेपालबाट आमन्त्रित र स्थानिय कलाकार सबैको सुर्य कर्पोरेसन जापानका डाईरेक्टर बाशुदेव लामिछाने, गृष्मा ईन्टरटेन्टमेन्टका प्रोपाईटर ग्रिहेन्द्र घिमिरे, एनआरएनए आईसीसीका उपाध्यक्ष भबन भट्ट र पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल द्वारा सम्मान गरिएको थियो ।

‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर गरेको हो । नेपालमा यस अघि ईन्डियाका टप गाएक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । साकुरा नाईटको सफलता पश्चात सुर्य कर्पोरेसन र गृष्मा ईन्टरटेन्टमेन्ट को आयोजनामा आगामी जनवरीमा '' मिस नेपाल ईन जापान '' हुने कुरा टोक्योमा सम्पन्न साकुरा नाईटमा जानकारी गराईएको थियो ।














,