यसरी बच्यो ओली सरकार


 रातोपाटी


काठमाडौं– एकीकृत माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने आव्हान गरेलगत्तै केपी ओली नेतृत्वको सरकार ढलेको रुपमा चर्चा भयो । सवै शक्तिकेन्द्र चलखेलमा लागे । कोही नयाँ गठबन्धन बनाउन सक्रिय देखिए भने कोही चाहिँ पुरानैलाई बचाउन लागि परे ।

बुधवार साँझ बालुवाटारमा एमाले र माओवादीका शीर्ष नेतावीच छलफल भयो । प्रचण्डले काँग्रेसले समर्थन गरेको भन्दै राष्ट्रिय सरकारको कोर्स अगाडि बढाउने बेला आएको बताए । त्यसैबेला प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याएपछि नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए । त्यतिन्जेलसम्म पनि सरकारमाथिको खतरा टरिसकेको थिएन ।

जव, विहिवार विहान एमाले उपाध्यक्ष बामदेव गौतम प्रचण्ड निवास लाजिम्पाट पुगे । कालो चिया पिउँदै उनले प्रचण्डसँग कुराकानी गरे । त्यहीँ कुराकानीमा तयार भयो ओली सरकारलाई निरन्तरा दिने योजना ।

सुत्रका अनुसार भेटमा गौतमले प्रधानमन्त्री ओलीबाट कमजोरी भएर र त्यसलाई करेक्सन गरेर जना तयार रहेको जनाउँ दिए । उनले नीति था कार्यक्रम र बजेटपछि नयाँ सरकार र त्यसको नेतृत्व प्रचण्डलाई दिन तयार रहेको आश्वन दिए । स्रोतका अनुसार भेटमा विगतमा भएका सहमति कार्यन्वयन गर्ने सर्तमा गठबन्धनलाई निरन्तरा दिन सकिने बताए ।

यहीँ दुई नेताले यसका लागि थप छलफल गर्ने र कार्यतालिका बनाउने सहमति बन्यो । त्यसपछि विहिवार विहान बस्ने भनिएको मन्त्रीपरिषद्को वैठक स्थगित भयो । वैठक साँझ ६ बजेसम्म स्थगित भयो । जहाँ माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्री पनि जानेछन् । आफ्नै नेतृत्वमा सरकार बनाउने अपिल गरेपनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । जसले माओवादीलाई एमालेसँगको सहकार्यलाई निरन्तरा दिन सहज भयो ।

प्रचण्ड र बामदेववीच भएको सहमति अनुसार अव शान्ति प्रक्रिया लगायतका विषयमा एउटा कार्यतालिका बन्नेछ । यही कार्यतालिका अनुसार सरकारले काम गर्नेछ । सहमतिलाई लिखित बनाउने र शीर्ष नेताले हस्ताक्षर गरेर सार्वजनिक गरिनेछ । चार महिनापछि नयाँ सरकारको कोर्स अगाडि बढाउन एमाले नेताहरु तयार भएको स्रोत बताउँछ । रातोपाटीले लेखेको छ |