श्रीमतीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि...



एक महिलाको नग्न तस्वीर खिचेर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन्।
इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।
चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो (नि:शुल्क फोन तथा एसएमएस पठाउन सकिने एप) मार्फत पठाएका थिए।  चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अभियोगमा थुनामा राखी कारबाही अघि बढाएको छ।

चौधरी पूर्वप्रहरी

पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए। सोही तस्वीरपछि उनले महिलाको श्रीमानलार्इ पठाएका थिए। महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमानको मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन्।

गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो। पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए। महानगरीय प्रहरी परिसरका डीएपी रविन्द्र रेग्मीका अनुसार चौधरीले झुक्किएर सो फोटो पठाएको बताएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।