चितुवाको आक्रमणबाट कास्कीमा एक बालिका घाइते

कास्की वैशाख ,२२-चितुवाको आक्रमणबाट कास्कीको काहूँमा एक जना बालिका गम्भीर घाइते भएकी छन् । मंगलबार बेलुका साढे ७ बजे पिसाब फेर्न बाहिर निस्केकी ५ वर्षकी बालिका अन्जली परियारलाई चितुवाले आक्रमण गरेको हो । घाइते परियारको पोखराको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।