नेजा अध्यक्षमा गुणराज लुइटेलको पनि उमेद्वारी घोषणा


नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आसन्न अधिबेशनमा पत्रकार गुणराज लुइँटेलले अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् |

मे ३ तारिखका दिन, विश्व प्रेस स्वतन्त्रता दिवस अवसर पारेर एक विज्ञप्ति जारी गर्दै लुइँटेलले उम्मेदवारी घोषणा गरेका हुन्।

 लुइँटेल नेजामा स्थापना कालदेखि नै सक्रिय  छन् |

"नेजा सदस्यता र संगठनलाई चुस्तदुरुस्त पार्न, नेपालमा भएका पत्रकार र नेपाली पत्रकारितासँग अझ गाढा साइनो जोड्न, नेजाको कोष सुदृढ गर्न, नेजालाई आम सञ्चारको अन्तरराष्ट्रिय गैर सरकारी अभियानमा सामेल गराउने मेरो प्रतिबद्धता छ" उनले भनेका छन्।

लुइँटेल विगत २९ वर्षदेखि व्यवसायिक पत्रकारिता एवं लेखन पेशामा संलग्न रहँदै आएका छन् |

२०४४ सालदेखि दैनिक समाजबाट पत्रकारितामा प्रवेश गरेका उनीसँग एभरेष्ट मासिक, पिपुल्स रिभ्यू अंग्रेजी साप्ताहिक, संरचना साप्ताहिक, प्रजातन्त्र साप्ताहिक, द कमनर अंग्रेजी दैनिक, विमर्श साप्ताहिक, कान्तिपुर दैनिक, लोकपत्र दैनिक, छानवीन साप्ताहिक, रेडियो नेपालमा काम गरेको अनुभव छ। यसैगरी स्पन्धन मासिक, सगरमाथा टेलिभिजन (अमेरिका), नेपाली पोष्ट इपत्रिका, नेपाल २४ आवोर्स, ग्लोब नेपाल, इनेप्लिज, डिसी नेपाल इपत्रिका लगायतका मिडियासँग सम्बन्धित भएर उनले काम गरेका छन्।

अध्यक्ष पदमा लुइँटेलको नाम बिगतमा पनि बारम्बार आईरहने गरेपनि यसअघि उनले उमेद्वारी घोषणा गरेका थिएनन |

सोहि पदमा पत्रकार तथा नेजाका बर्तमान महासचिव भोला आचार्यले पनि उमेद्वारी घोषणा गरिसकेका छन् |