नेपाल डे परेडको औपचारिक शुभारम्भ, उर्लियो मानब सागर नेपाल डे परेडमा - आनन्द विष्ट




न्यू योर्क,मे २२ /

अमेरिकाको न्यु योर्कमा अहिले आज नेपाल डे परेडको औपचारिक शुभारम्भ भएको छ । राष्ट्रसंघका लागि नेपाली नियोगकी कार्यवाहक प्रमुख सेवा लम्सालले रिबन काटेर  नेपाल डे परेडको औपचारिक शुभारम्भ गरेकी हुन्। यस अघि बिशाल र्याली निकालिएको थियो ।

आयोजक संस्थाहरु मध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो फेसबुकमा लेखेका छन् -'उर्लियो मानब सागर नेपाल डे परेडमा, नेपाली हुनु को गौरब !'

 अहिले न्यु योर्कमा नेपाली पन्चे बाजा घनकिएको छ | नेपालीहरु आफ्नो प्रिय बाजाको तालमा छमछमी नाचेका छन् भने बिदेशीहरुले बडो चासो मानेर हेरेको द नेपाल टुडेका सहकर्मीले जनाएका छन् |

यो परेडमा अमेरिकाका बिभिन्न राज्यहरुबाट नेपालीहरुको सहभागिता रहेको छ | मेरिल्याण्डको बाल्टिमोरबाट ल्याईएको पन्चे बाजाले सबैको ध्यान तानेको देखिन्छ | म्याग्दी समाज अमेरिकाले पन्चे बाजाको संयोजन गरेको हो |