अर्थमन्त्री र उद्योगमन्त्री मार्फत नेपाल सरकारलाई हार्दिक अनुरोध -पदम न्यौपाने

माननीय अर्थमन्त्री र उद्योगमन्त्री मार्फत नेपाल सरकारलाई हार्दिक अनुरोध !

पाल्पालाई हिजो शिक्षा,स्वास्थ्य र पर्यटनको सम्भावना वोकेको जिल्ला भन्दै आइएको भए पनि केही समय यता यसमा आध्यात्मीक र धार्मिक केन्द्रको रुपमा विकास हुने सम्भावना समेत बढेर गएको देखिन्छ। यसले के संकेत गर्छ भने पाल्पा एउटा अनुसन्धान केन्द्रको रुपमा समेत विकास गर्न सकिन्छ । तसर्थ, अव निकट भविष्यमै (करिव २ वर्षमा) निर्माण सम्पन्न हुने भैरहवा विमान स्थल संगै आउने शान्त पर्यटककालागि समेत लक्षित गरी पाल्पामा निम्न कार्यमा तदारुकता देखाउन जरुरी छ ।
आगामी बजेटले सम्वोधन गरोस ।

१) तानसेनको खानेपानी व्यवस्था –
क) भुल्के खानेपानी परियोजनाको मर्मत र क्षमता विकास ।
ख) कालिगण्डकी विद्यूत परियोजना संगको विशेष सम्झौतामा काली गण्डकीको पानी तान्ने व्यवस्था ।
ग) हालको सिस्नेरी खापा परियोजनाको विस्तार र वरीपरि व्यापक वृक्षा रोपण गर्ने व्यवस्था ।
२) तानसेन बजार वरीपरिका मुलहरु सुक्दै गएका हुनाले श्रीनगर डाडामा रहेका सल्लाहरुलाई क्रमश हटाउदै चौपाते र पानी बढाउने रुख विरुवाको बृक्षारोपणको थालनी ।
३) पाल्पा दरवार संग्राहलयलाई पाल्पा झल्कीने गरी व्यवस्थ गर्ने गरी कार्यक्रम र यसको सेरोफेरोलाई सके सम्म पुरानो अवस्थामा राख्ने पहलको सम्वोधन ।
४) अर्गली दरवारलाई तुरुन्त राष्ट्रियकरण गरी संरक्षण र प्रवद्र्धन एवं उपयोगनीतिको घोषणा ।
५) बुटवल तानसेनको वाटो चौडा वनाउदै बुटवल झुम्सा खण्डको १० किमिवाटोको पहाड काटेर चौडा पारी किनारामा होटल रिसोर्ट र स्वस्थ हावा र सितलताकालागि केन्द्र बनाउने ।
५) यसको विकल्पको रुपमा रहेको बुटवल धागो कारखाना चरङ्गे झुम्सा १३ किमि वाटो राजमार्ग स्तरको वनाउन विशेष सम्वोधन ।
६) तेल्घा को गुफाचौर लेकलाई आध्यात्मीक , धार्मीक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सम्वोधन र बजेट विनियोजन ।
७) रिमीघा लेकलाई पर्यटकीय केन्दको रुपमा घोषणागरी सूर्योदय र सूर्यास्त हेर्ने मनोरम केन्द्र निर्माणकालागि सम्वोधन ।
८) रानीमहल (नेपालको ताजमहल) को  पूर्ण मर्मत सम्पन्न गरी व्यवस्थित उपयोगकालागि रणनीति ।
९) काली गण्डकीको पानी झुम्सा निकाली सिचाई र विद्यूतको लागि अध्ययन भएको बहुउद्धेशीय परियोजना सञ्चालनकालागि बिस्तृत अध्ययनको प्रारम्भ र सम्पन्न गर्ने प्रतिवद्धता र संकल्प ।
१०) तासेनको भगवती मन्दिरको जिणोद्धारकालागि तयार पारिएको गुरुयोजनाको कार्यान्व्यन ।
११) पाल्पामा पहिचान गरिएका दुईदर्जन बढी पुरातात्विक महत्वका सम्पदाको संरक्षण र सम्वद्र्धनकालागि विशेष कार्यक्रमको घोषणा ।