प्लाष्टिकजन्य पदार्थमा बन्देज

काठमाडौं, जेठ १५ – सरकारले प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थ आयात, निर्यात तथा बिक्री वितरण र प्रयोग गर्न नपाइने जनाएको छ ।
प्लाष्टिक तथा प्लाष्टिकजन्य पदाथले प्रदुषण बढाएको साथै वातारणीय सौन्दर्य बिगारेको भन्दै प्लाष्टिकजन्य पदार्थको आयात, निर्यात तथा बिक्री वितरण र प्रयोग गर्न नपाइने जनाएको हो । प्लाष्टिकजन्य उद्योगीलाई वैकल्पिक उद्योगमा लाग्न प्रेरित गर्ने र यसका लागि मेसिनरी सामान भित्र्याउँदा १ प्रतिशत छुट दिने सरकारले घोषणा गरेको छ ।