घुस लिँदालिँदै पक्राउ

काठमाडौं, वैशाख २२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरका लेखा अधिकृत प्रकाश आचार्यलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति निकालेर एक म्यानपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि यसपूर्व नै  दश हजार घुस लिइसकेको र थप घुस मागेको भन्ने सूचनाका आधारमा आचार्यलाई पक्राउ गरिएको जनाएको छ । आचार्य सोमबार नै पक्राउ परेको भए पनि मंगलबार मात्रै सार्वजनिक गरिएको हो । रासस