अमेरिकामा संचालित एउटा गतिलो फेसबुक पेज




प्रविण भण्डारी 

भनिन्छ, अमेरिका सपनाको देश हो | जति नेपालमा सोचिन्छ, त्यति सजिलो छैन अमेरिकामा | सायद अरु देशमा पनि उस्तै होला | आखिर विदेश नै त हो  | सुरुबातका दिनहरुमा सहयोगी हात पाइएन भने बडो मुस्किल पर्छ हरेक कुरामा | काम पाउनदेखि ठाम पाउनसम्म |

जति पहिले-पहिले कठिन थियो, प्रविधिको चरम विकाससंगै जुकरबर्गले जन्माएको सामाजिक संजाल फेसबुकले विश्वलाई नै हत्केलामा साघुराईदिएको छ | अमेरिकामा बिभिन्न ठाउँमा बिभिन्न ग्रुपहरु छन् | एउटा अत्यन्तै सहयोगी फेसबुक ग्रुप छ “US-Nepal Help Network” अर्थात् UNHN. यहाँ यहि ग्रुपको चर्चा गर्न खोजिएको छ |

यो ग्रूपले अमेरिकाको बिभिन्न राज्यहरुमा रहेका नपालीहरु बिशेष विद्यार्थी वर्गलाई एउटै थलोमा जोड्ने काम गरेको छ | यो ग्रूप फर्मेसन भएको ७ महिनामा नै लगभग सात हजार मेम्बर भैसकेका छन् |

यो ग्रूप कस्तो नेटवर्क हो भन्ने प्रश्नमा पाचँ एडमिन मध्ये प्रवेश नेपाल भन्नु हुन्छ- “UNHN एक बिशुद्द हेल्प नेटवर्क हो | फन र ईन्टरटेनमेन्ट यसका पुरक तत्व हुन | UNHN एक प्रतिष्ठित र पारिवारिक फेसबुक ग्रुप हो | जहाँ १७ बर्ष देखि ७० बर्षसम्मका विभिन्न पेसामा आबद्ध सम्मानित सदस्य हुनुहुन्छ” |

यो  ग्रूप कसरी सहयोगी बन्न पुगेको छ भने जस्तै कि कोहिलाई जागिर, अपार्टमेन्ट, रुममेट  इत्यादि चाहिएको छ भने उसले UNHN मा गएर कुन ठाउँको वरीपरी चाहिएको हो पोस्ट गर्छ | तेस्पछि त्यो ठाउँमा हुने मेम्बरहरुले खोज्न सहयोग गर्छन् | यति मात्र हैन कसैले केहि कुरा नबुझेर  समस्यामा छ भने त्यो कुरा यस ग्रूपमा पोस्ट गर्दा जानकार व्यक्तिले समाधान दिने प्रयास गर्दछन |

त्यति मात्र हैन यो ग्रूपले अहिलेसम्म ४ ओटा प्रोजेक्ट सम्पन्न गरिसकेको छ | ४ ओटा प्रोजेक्ट मार्फत २० औ लाख नेपाली रुपैया सहयोग गरेको छ | भूकम्प पिडितदेखि लिएर क्यान्सरको बिरामीसम्मलाई सहयोग गरेर यो ग्रुपका सदस्यले सामाजिक र परोपकारी काम गरिसकेका छन् |

कसरी जन्मियो यो ग्रूप भन्ने जिज्ञासामा अर्का  एडमिन  श्रीहरी अधिकारी  भन्नुहुन्छ “भौगोलिक रुपमा तनबाट जति टाढा भएता पनि, मनबाट हामी झन् नजिक रहेको आभास हुने रैछ विदेशमा रहदाँ | देशप्रति झन् आत्मियता बढ्दो रैछ | र, एउटा नेपालीलाई दुख पर्दा टुलुटुलु हेरेर बस्न नसकिने रैछ, फलस्वरुप यो ग्रूपको जन्म भयो |

UNHN मा आवद्ध हुनुभएको नयाँ र केहि पुराना मेम्बरहरुको लागि केही अत्यावश्यक जानकारी यसप्रकार छ :

१.अमेरिकाबासी अथवा भिसा लागिसकेको नेपालि साथिहरुलाइ मात्र ग्रुपमा सिफारिस गरौं।
२. UNHN एक प्रतिष्ठित र पारिवारिक फेसबुक ग्रुप हो, जहाँ १७ बर्षदेखि ७० बर्षसम्मका विभिन्न पेसामा आबद्ध सम्मानित सदस्य हुनुहुन्छ | यसकारण सबैले आफ्नो मर्यादा सम्झेर पोस्ट र कमेन्ट गरौं। ग्रुप विवरण पहिले पढेर ग्रुपमा प्रवेश गरौ।
३. सहयोग माग्दा अलि शिष्ट अनि नरम भाषा प्रयोग गरौ ताकी सहयोग गर्नेलाइ नि गरम गरम लागोस, एड्मिन र अरु सदस्य सबैले आफ्नो स्वैच्छिक हिसाबले सहयोग गर्ने हो, आत्मसन्तुष्टि र आशीर्वाद बाहेक अरु $$ केही पाउने होइनौ।
सहयोग पाए प्रोत्साहन स्वरुप सम्बन्धित ब्यक्तिलाइ धन्यबाद दिन कत्ति लोभ नगरौ।
४.सर्वप्रथमत: UNHN एक बिशुद्द Help Network हो, फन र इन्टरटेनमेन्ट यसका पुरक तत्व हुन, त्यसैले रमाइलो र हसिमजाक लिमिटमा गरौं। एकै ब्यत्तिले छोटो समयमा धेरै पोस्ट गरेर ग्रुप भिड नबनाऔ।
५.सहयोग बाहेकका अरु पोस्ट गर्दा सिर्जनात्मक पोस्टहरु हालौ | आफ्नो लेख र सिर्जना नभए त्यसको क्रेडिट संम्बन्धित ब्यक्ती, निकायलाई दिऔ, यसले इज्जत घट्दैन, बढ्छ।
६. सकेसम्म हामी गौरवशाली नेपाली भएको हुनाले र आफ्नो मातृभुमी छोडी उद्देश्य प्राप्तिको लागि यहाँ आएका हुनाले पोस्ट्को माध्यम झैझगडा र अनावश्यक बादबिबाद नगरौ।
७. कसैको पोस्ट डिलिट भएमा जो कोहि एडमिनलाइ पहिले सम्पर्क गरि पछि आउने सम्भाब्य द्वन्दलाई पहिलै दुर गरौं | स्मरण रहोस, त्यसै बिनाकारण कसैको पोस्ट नि डिलिट हुदैन र गल्ती एड्मिनबाट हुदैन भन्ने नि हुदैन।
८. आर्थिक पाटो सम्बन्धि जुनसुकै पोस्ट गर्नुपुर्व आधिकारिकताको लागि एड्मिन प्यानलसङ्ग पहिले कुरा गरौ, सल्लाह नगरी आएका पैसा सम्बन्धीका जुनसुकै पोस्टहरु  डिलिट हुनेछन।
९. चित्त नबुझेको र असुहाउदो केही पोस्ट, कमेन्ट भए अप्सन (option) मा गएर  रिपोर्ट (report) गरौ, एड्मिनलाइ ट्याग (tag) गरौ अथवा  स्क्रिनसट (screenshot) लिएर एड्मिनलाइ मेसेज गरौ।
१०. माथिका नियमहरु पढेर पनि खाली हसिमजाक र ग्रुपको प्रतिस्ठा घटाउने तथाकथित शिक्षित सदस्यहरु स्थाइ र अस्थाई हिसाबले ब्याण्ड (Banned) हुनुहुनेछ, त्यसको घाटा दुरगामी हिसाबले आफैलाइ लाग्न सक्छ | त्यसैले UNHN लाई एक सम्मानित र प्रतिष्ठित थलो बनाऔं र एक सच्चा, वीर र बुद्धि नेपाली भएको चिनारी दिऔ।

यस ग्रूपका प्रवेश नेपाल र श्रीहरि अधिकारीका साथमा भुवन राई 'मलाई मारके', दिप्सन न्यौपाने र प्रताप सिमखडा गरि पाचँ जना हुनुहुन्छ एडमिन प्यानलमा  |

“सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन,
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन”
तारा देबीको यो चर्चित गीतले भनेजस्तै आखिर हाम्रो जीवन सोचेजस्तो, सम्झे जस्तो र देखे जस्तो छैन | हरेक दिन जे भोगिन्छ त्यही नै जीवन हो | कतिबेला कसलाई के भोग्नु पर्छ के थाहा ? तर एउटा गतिलो र विश्वसनीय सामाजिक संजालको ग्रुप भयो भने सबैलाई आडभरोशा हुन्छ |

फेसबुकलाई सहि प्रयोजनको रुपमा प्रयोग गर्न सकियो भने यस ग्रूप जस्तै सहयोगी हातको संजाल बन्न सकिन्छ | असल काममा सबैको हातमा हात र साथमा साथ आवश्यक पर्दछ | आखिर धर्म गर्न किन ठुला ठुला कार्य लगाएर  पुजाआजा गर्नु पर्यो र ? दुख परेको मान्छेलाई आफुले सकिने सहयोग दिल खोलेर बिना स्वार्थ गरे भैगो नि ! स्वर्ग जाने बाटो तेसै खनिन्छ |


बाल्टिमोर,मेरिल्याण्ड
(प्रविण भण्डारी NRN-USA,MARYLAND च्याप्टरका सस्थापक बोर्ड ओफ डाइरेक्टर हुनुहुन्छ| -सम्पादक)

,