क्यानडाको टोरन्टोमा बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न


कन्सर्न नेपाल क्यानाडाको आयोजनामा भएको बुद्ध जयन्ती समारोह क्यानाडाको टोरन्टोमा भव्यताका साथ सम्पन्न भएको छ | बिभिन्न रचनात्मक कार्यसहित यो कार्यक्रम सम्पन्न भएको हो | आयोजक संस्थाका तर्फबाट समाजसेवी मित्र काफ्लेले जारी गर्नु भएको प्रेस बिज्ञप्ति जस्ताको तस्तै प्रस्तुत गरेका छौं |


आदरणीय शान्तिप्रेमी दाजु-भाई तथा दिदी-बैनीहरु !

हाम्रो इतिहासकै शान्तिदुत, शान्तीगुरु एबम् भगवान श्री गौतम् बुद्धको २५६०  औं जन्म जयन्ती मनाउने क्रममा संसारकै शान्तीभुमी मानिने देश क्यानाडाको टोरोन्टो शहरमा आज इ. स. २०१६ , मे २२ तारिककादिन कन्सर्न नेपाल क्यानाडाको आयोजनामा गरिएको ( Nepal Promotion & 2560th "BUDDHA JAYANTI CELEBRATION  ) भब्यता पूर्वक सम्पन्न भएको छ |

यो शान्ति-हलुकादौडको समर्थन् गर्दै सहभगिता जनाउने सबै नेपाली क्यानिडियन् समुदायहरुबिच एकीकृत गर्दै अगाडि बढ्ने उद्देश्यलाई (Brampton Mt. Everest Lions Club )को तर्फबाट हाम्रो सक्रीय र दर्बिलो उपस्थितिलाई मेरोलागी मात्र नभएर हाम्रो क्लब लगायत् सम्पूर्ण नेपाली-क्यानिडियन हरुको लागी गौरवको क्षण महसुस् गरेको छु |
म मेरो ब्यक्तिगत तथा सम्पूर्ण (Brampton Mt. Everest Lions Club) परिवारको तर्फबाट यो कार्यक्रम सफल बनाउन सक्रीय भूमिका खेल्ने सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु |

यो हाम्रो ऐतिहासिक शान्ती परेड एवम बिभिन्न भलिबल तथा अन्य कार्यक्रमको सफलता देख्दा हामीले गर्न खोजे र गर्नसके असम्भव केही पनि रहेनछ भन्नेकुराको पुस्टि भएको छ |

जसरी यो एउटा कार्यक्रमको प्रयासले मात्र पनि नेपाल र नेपालीहरुको पहिचान् गराउन सफल भयको मनिएको छ भने अर्को तर्फ हाम्रो राष्ट्र र राष्ट्रियता नै हामी सबै बुद्धभुमिका स्वाभिमानी नेपालीहरुलाई सबैभन्दा बढी गौरव र प्यारो लाग्छ भन्ने कुरा गर्वकासाथ भन्नसक्ने चोटिलो उदाहरण बनेकोछ |

आजको कार्यक्रममा सहभागि हुने सबै महानुभावहरु , संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी साथीहरु , खेलाडि साथीहरु , प्रायोजक साथीहरु, संचालक साथीहरु , स्वयमसेबक साथीहरु , नेपाली राजदुत कालीप्रसाद पोख्रेल तथा राज्दुताबास परिबार् , नेपाली कंसुलर जनरल डा. कुन्जरमणी शर्मा , सहभागि हुननसके पनि कार्यक्रम सफलताको कामना गर्ने एबम् शुभकामना सन्देश पठाउने सम्पूर्ण प्रत्यक्ष तथा  अप्रत्यक्ष  सहभागि सम्पूर्ण पवित्र मनहरुलाई म एकपटक फेरिपनी लाखौं लाख मुरिका मुरी धन्यवाद तथा साधुबाद भन्न चाहन्छु |

लायन मित्र काफ्ले 

अध्यक्ष  
"ब्रामटन माउन्ट एभरेष्ट लायन्स क्लब" ( जी. ट़ी. य. क्यानडा ) 
पि. इ. सि. डिरेक्टर / फाउन्डर लाईफ मेम्बर 
एनआरएन  क्यानडा