चितुवाको आक्रमणबाट महिला घाइते

डोटी, वैशाख १९ - चितुवाको आक्रमणमा परि डोटीमा फेरि अर्की महिला घाईते भएकी छन् । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख भिमबहादुर मल्लले दिएको जानकारी अनुसार चितुवाको आक्रमणबाट  कपल्लेकी गाविस ७ बस्ने बर्ष ३० की कलावती बिक घाईते हुनु भएको छ । चितुवाले उहाँको दाहिने खुट्टामा गहिरो घाउ बनाएको छ । उहाँको सुजङ्ग अस्पतालमा उपचार भईरहेको अस्पतालका अहेब अर्जुन बलायर जानकारी दिए । चितुवाले डोटीमा एक हप्ता भित्रमा एक जनाको ज्यान लिईसकेको छ भने दुई महिलालाई घाईते बनाएको छ । चितुवा पक्रिन बर्दिया राष्ट्रिय निकुञ्ज बाट पशु चिकित्सक टोली आएपनि पक्रिन भने सकेका छैनन् । चितुवाले दैनिक जसो मानिसमा आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दामा त्रास फैलिएको छ