पार्टीभित्रको ज्वालामुखी विस्फोटको अवस्थामा पुगेको नेता नेपालको विश्लेषण


काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रेहका अध्यक्ष केपी शर्मा ओलीले ‘खराब आचरण भएकाहरुको गुरु’ भएको समेत आरोप लगाएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा नारायण पौडेलसँग अन्तर्वार्ता दिनेक्रममा नेता नेपालले पार्टीभित्र अनुशासनहीन, उदण्ड र खराब आचरणका व्यक्तिहरुको संरक्षण गरेको आरोप लगाएका हुन ।

नेपालले पार्टीको मुल नेतृत्वको चरित्र नै उदण्ड भएकाले पार्टीमा उदण्डहरु हाबी हुन खोजेको बताए। उनले दुई नम्बरी काम गर्ने, खराब आचरण भएका, सहिदकी श्रीमती ताक्नेहरुको बोलवाला चल्न थालेको टिप्पणी गरे। ‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ। अर्काकी श्रीमती ताकेको छ। सहिदकी श्रीमतीमाथि ताकेको छ’, शुक्रवार दिएको अन्तर्वार्तामा नेपालले भनेका छन्, ‘हेर्नुहोस् त फेसबुकमा लेखेको उदण्डहरुको जमातले। जस्तो सिकाइएको छ। त्यस्तै चेलाहरु छ। जस्तो गुरु, त्यस्तै चेला।’ नेपालले ओलीको कटु बोलीतर्फ संकेत गर्दै पार्टीमा बिनम्रता हराएको बताएका हुन्।

पार्टीभित्र ज्वालामुखी विस्फोटको अवस्थामा पुगेको नेता नेपालको विश्लेषण छ। पार्टीभित्र यस्तो अवस्था धेरै दिन जान सक्दैन उनको भनाई छ। अन्तर्वार्ताको भिडियो:

 


,