सदस्यता बिस्तारमा लाग्ने एनआरएन अमेरिकाको निर्णय


कोलाराडो (अमेरिका), ३० अप्रिल २०१६ I गैर आवसिय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन ) अमेरिकाले सदश्यता विस्तारलाई पुन अभियानका साथ अघि वढाउने निर्णय गरेको छ । कोलोराडोमा शनिवार आयोजना भएको एनआरएन अमेरिका कार्यसमिति र च्याप्टर वैठकले यो निर्णय गरेको थियो । हाल एनआरएन अमेरिकामा करिव १० हजार सदश्य छन् ।

बैठकहरु पछि समापन समारोहमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल र एनआरएएन अन्तराष्ट्रिय समिति आईसीसीका उत्तर अमेरिका  संयोजनक सोनामा लामाले उक्त एनआरएन अमेरिकाका विभिन्न राज्यमा रहेका च्याप्टर लगायत सवैलाई सदश्यता बृद्धिलाई तिव्रता दिन आग्रह गरेका छन् ।

वैठकले नेपाली समुदायको सवैभन्दा वढी बसोवास रहेको न्यूओर्कमा नेपाली समुदायिक केन्द्र (कम्युनिटी सेन्टर) वनाउने निर्णय पनि गरेको छ । यसका लागि १५ लाख  देखि २५ लाख अमेरिकी डलरसम्म लाग्ने अनुमान गरिएको छ ।

कम्युनिटी सेन्टर वनाउने न्यूओर्कवाट शुरुआत गरिएको हो यो क्रमश अन्य राज्यमा पनि विस्तार हुन्छ आईसीसी उत्तर अमेरिका संयोजक सोनाम लामाले भने ।  एनआरएन अमेरिकामा नयां कार्यसमिति आएको एक बर्ष पुगेका वेला भएको यो भेलाले च्याप्टर र एनआरएन अमेरिका विचमा रहेका समस्यालाई पनि सल्टाएको डा पौडेलले जानकारी दिए । च्याप्टर वाट बैंक खाता संचालन लगायत विभिन्न ७ मागहरु आएका थिए हामीले सवैलाई सम्वोधन गरौं पौडेलले भने एनआरएनलाई आउने दिनमा अझ सशक्तरुपमा अघि वढाउन यो महत्वपुर्ण हुने छ ।

आफ्नो कार्यकालको एक वर्षमा अप्रत्याशित रुपमा आएका घटनाक्रमले अमेरिका भित्र नेपाली एनआरएन समुदायका लागि लक्ष्य अनुसार काम गर्न नसकेको भएपनि आउने एक बर्ष धेरै काम हुने छन् पौडेलले भने । एनआरएन अमेरिकाले एक बर्ष भित्र नेपालमा गएको महाभुकम्प प्रभावितका लागि सहयोग लगायत विभिन्न १० कामहरु गरेको विवरण पनि एनआरएनले सर्वाजनिक गरेको छ । गत बर्षको महाभुकम्पका वेला एनआरएनले २ लाख ६६ हजार अमेरिकी डलर सहयोग संकलन गरेको र २ लाख भन्दा वढी राहत र पुर्ननिमार्णमा खर्च भएको विवरण पनि सार्वजनिक गरेको छ ।

उक्त वैठकमा आउने अगस्टको अन्तिम साता न्यूओर्कमा हुन लागेको एनआरएन क्षेत्रिय सम्मेलनका लागि तयारी गर्न उत्तरअमेरिका संयोजक लामाको अध्यक्षतामा ९ सदशीय समिति पनि गठन गरेको छ । शनिवार नै एनआरएन अध्यक्ष शेष घलेसंगपनि क्षेत्रिय संयोजक लामा लगायत एनआरएन अमेरिका पदाधिकारीहरुले भावी रणनीतिका वारेमा टेलिफोन मार्फत छलफल गरेका थिए ।

उक्त भेलामा आईसीसी उत्तर अमेरिकाका उपसंयोजक एसी शेर्पा एनआरएन उपाध्यक्षहरु कृष्ण पोखरेल, राम सि पोखरेल, रविना थापा लगायत एनआरएन  अमेरिकाका केन्द्रिय समितिका अन्य पदाधिकारीहरुको सहभागीता थियो । समापनमा कोलोराडो स्थित स्थानिय संघ संस्थाका प्रतिनिधिहरुले पनि एनआरएन प्रति अहिले विश्वास वढ्दै गएको वताउंदै अझ सशक्त रुपमा अघि वढ्न सुझाव दिएका थिए I

एनआरएन कोलोराडोमा च्याप्टर अध्यक्ष बासुदेव खनालले डेनभरमा नेपाली समुदायिक केन्द्र (कम्युनिटी सेन्टर)  स्थापनाका लागि सहयोग गर्ने आग्रह गरे । खनालले नेपाली भाषा कक्षा र अन्य समुदायलाई हितहुने क्षेत्रमा आफुहरुले कामगर्ने चाहेको  आग्रह गरे । एनआरएन अमेरिकाका डा केशव पौडेलको प्रमुख अतिथि तथा कोलोराडोमा च्याप्टर अध्यक्ष बासुदेव खनालको  सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो |
स्रोत: हिमालयनखबर