'भरोसा छैन जिवनको बिताउ हासेर...' -सन्देश खड्का



संसारको हरेक कुनामा नेपाली पुगेका छन् र नेपाललाई चिनाउने केहि न केहि गरेकै छन् । जहाँ नेपाली पुगेर झांगिएका छन् त्यहा नेपालि सस्कृति, परम्परा नेपाली गीत संगीत, लोक गीत र दोहोरी जोगिएकै हुन्छ ।

सात समुन्द्र पारि भएपनि आफ्नो नेपाल खोज्ने प्रयास गरेका छन् अमेरिकाका केहि सकृय युवाहरुले । महिनौको थकाई मेटाउदै चर्चित गायक, गायिकाको साथमा प्रतक्ष साङितिक प्रस्तुति रहने सो कार्यक्रम्मा तपाईं पनि सहभागि बन्न सक्नु हुन्छ ।

 साङितिक् कार्यक्रम् को शीलशिलामा अमेरिका रहनु भएका चर्चित गायक कुलेंद्र बिक, गायिका निशा सुनार ,लामो समयदेखि लोक गीत संगीतको क्षेत्रमा सकृय
कलाकार उदय भट्टराई, चर्चित युवा गायिका संगीता थापा लगायत स्थानिय कलाकार को बेजोड प्रस्तुति रहने सो कार्यक्रम् आगामी आईतवार सम्पन्न हुँदैछ ।

तपाईं पनि समय मिलाएर आउनु होला है ! भनिन्छ छ नि, 'भरोसा छैन जिवनको बिताउ हासेर...|'