अस्ट्रेलियाबाट प्रचण्डलाई खुलापत्र ! -इश्वर चिन्तन



खै के भनेर सम्बोधन गरौँ ? पुर्ब प्रधानमन्त्रि भनौँ कि अध्यक्ष ज्यू ? तपाईँको पार्टि केन्द्रीय समीतिको प्रेस बिज्ञप्ति भर्खरै मात्र पढन पायँ। आफ्नै नेत्रित्वमा सरकार गठनको आह्वान गर्नुभएको रहेछ। म आस्चर्यचकित भएको छु। र मलाई लाग्दै छ कि तपाईँको यो निर्णय रास्ट्रका लागि आत्मघाति छ।मन उकुस मुकुस भईसकेपछि आफ्नो धारणा तपाईसामु राख्न यो पत्र लेखेको छु कृपया झर्को नमानि पढने कस्ट गरिदिनुहोला।

तपाईँलाई पक्कै पनि जानकारि होला कि तपाईँ कस्को प्रस्ताबमा प्रधानमन्त्रि बन्न खोज्दै हुनुहुन्छ। तपाईँले ६ मैना मात्रै अगाडि जस्लाई अरास्ट्रबादिको बिल्ला भिराउँदै भयङकर रास्ट्रबादि गठबन्धन भन्दै केपि ओलिलाई बोकेर सरकार बनाउनुभयो तिनिहरूनै आज तपाईँको नजरमा कसरि रास्ट्रबादि हुन सके ? एउटा गम्भिर प्रश्न खडा भएको छ।सुसिल कोईरालाको निधन संकास्पद हुनु।शेरबहादुर देउबा चमत्कारिक रूपमा पार्टि सभापति हुनु। सभापति हुने बित्तिकै दिल्लि दौडाहामा निस्किनु । यो बिचमा केपि ओलिले चिनसँग पारबाहन लगायतका महत्वपूर्ण, देश विकासमा अर्थपुर्ण भुमिका खेल्ने सम्झौता गर्नु।यसले दिल्लिमा ठुलै रेक्टरको भुकम्प जानु।एकाएक ओलिको लोकप्रियता चुलिनु।देउबा दिल्लिबाट फर्के लगतै तपाईँहरूको गोप्य भेटघाट हुनु। अनि बजेट घोषणा गर्ने समय नजिकै आउनु र आज एकाएक तपाईँले पार्टि केन्द्रिय समितिबाट कंग्रेसको प्रस्ताबमा आफ्नो नेत्रित्वमा रास्ट्रिय सरकार गठनको बिज्ञप्ति निकाल्नु।

के यो संयोग मात्रै हो त? तपाईँ मान्नुहुन्छ यो संयोग हो? या नेपालमाथिको आफ्नो नियन्त्रण गुम्ने खतराकै कारण अँध्यारो कोठामा बुनियको दिल्लीको योजना?
प्रचण्ड जि !

हुन त तपाईँलाई लाग्ला यो कुन एमालेको भरौटे हो । यस्ता पनि के पढेर बस्नु?तर याद गर्नुस यो कुनै एउटा ब्यक्तिको आक्षेप नभएर समग्र देश बिदेशमा रहेका देशभक्त, रास्ट्रप्रेमीहरूको सामूहिक आवाज हो। व्यक्तिगत रूपमा म तपाईँहरूले देशमा बस्न खान नदिएपछि देश मुटुमा बोकेर अर्कैको देसमा पसिना बगाउँदै गरेको एउटा शिक्षित देशभक्त युबा हुँ । र तपाईँलाई आशाको नजरले हेर्ने तपाईँको ईमान्दार शुभचिन्तक पनि । कुराहरू धेरै छन । तपाईँसँग मेरा हजार भन्दा बढि प्रस्नहरू छन । तर यो सानो लेखमा सबै समेटन सम्भब भएन । कुनै दिन भेट भएछ भने त्यहि भेटमा सबै कुरा भनौँला । दशकौँ लामो तपाईँको राजनीतिक जिबनमा रास्ट्रिय राजनीतिमा तपाईँको भुमिका अथवा भनौँ तपाईँ र तपाईँको पार्टिका कारण देशले भोगेको कस्टको बिसयमा संक्षेपमा मलाई लागेका केहि कुराहरू राख्न चाहन्छु ।

तपाईँहरूको दस बर्से जनयुद्ध त्यसले नेपाल र नेपालिहरूमा पुर्यायको असाधारण क्षति । जुन पुरै अमानबियताको पराकाष्टामा थियो, अक्षम्य थियो। पार्टि सरकारमा गएपछि पक्कै नेपाललाई राम्रो बनाउँछ भन्ने आशमा जनताले क्षमा दिए । सहेर बसे।तर जब तपाईँ प्रधानमन्त्रि बन्नुभयो।त्यसपछि देखिन थाल्यो तपाईँहरूको असलि रूप। सब नेताहरू धनयुद्धमा लागे । सर्बहाराहरूको पार्टि एकाएक पुजिपतिहरूको भयो।तपाईँहरू रातारात चप्पलबाट पजेरोमा, झुपडिबाट महलमा स्थानान्तरण हुनुभयो । जनयुद्धका घाईते, अपाङगहरूलाई पुरै बेवास्ता गर्नुभो र शहिदहरूको खिल्लि उडाउनुभो या भनौँ उनिहरूको रगतको आहालमा पौडि खेल्नुभो। अब तपाईँहरूको पार्टिलाई जनताले पुरै घृणा गर्न थाले र आँफैलाई धिक्कार्न थाले। संसदिय ब्यबस्था खसिको टाउको देखायर कुकुरको मासु बेच्ने घिनलाग्दो ब्यबस्था हो भन्ने तपाईँहरू त्यहि ब्यबस्थामा महाँघिनलाग्दो बनेर निस्किनुभो । तपाईहरूका थुप्रै रूपहरू जनताले यो पछिल्लो दशकमा राम्रैसँग देख्न पाय । सरकार बनाउने र गिराउने घिनलाग्दो खेलमा माहिर निक्लिनुभो तपाईँहरू ।

पछिल्लो समय केपि ओलिको नेत्रित्वमा सरकार बनाएपछि एकाएक तपाईँलाई आम जनमानसले सुझबुझपूर्ण नेत्रित्व गर्न सक्ने नेताका रूपमा हेरेका थिए । तपाईँको जनमत फेरि बन्दै थियो तर बिडम्बना जब तपाईँ आँफैले बुई चडाएर प्रधानमन्त्रि बनाएको मान्छेको लोकप्रियता देखेर आत्तिन थाल्नुभो, डाहाले छटपटिन थाल्नुभो । र फेरि सुटुक्क ठुल्दाईकहाँ शेरबहादुरलाई भेटन महरालाई पठाउनुभो।र दिल्लिको अँध्यारो कोठामा सरकार ढाल्ने कसरत सुरू गर्नुभो। यो मैले भनेको होईन यो त मैले यो लेख्दै गर्दा तपाईँका रास्ट्रिय मिडियाहरूले भनिरहेका छन ।लेखिरहेका छन ।

प्रचण्ड ज्यू !
के हाम्रा रास्ट्रिय सन्चार माध्यमले भनेजस्तै तपाईँले आत्मरक्षाका लागि दिल्लिको सरणमा लम्पसार पर्नुभएकै हो ? मालिकहरूको अगाडि हारगुहार गर्नुभएको हो ? जनयुद्दका मुद्दा बिउँतिएर जेल जानुपर्छ कि भन्ने त्रास हो तपाईँलाई ? कि के हो ? छ महिना अगाडिका अरास्ट्रिय तत्वहरूसँग नौ नौ महिना पालैपालो प्रधानमन्त्रि खाने घिनलाग्दो सहमति गर्नुभएको हो ? थुक्क तपाईँ ! यो पनि कुनै तरिका हो ? कसरि सक्नुहुन्छ हँ यस्तो गर्न? अलिकति पनि लाज लाग्दैन है तपाईँलाई ?  मलाई लागेको थिएन कि तपाईँ यति सम्म गिर्न सक्नु हुन्छ।हुन त तपाईँका जनता भेडा न हुन जे गरेपनि भैहाल्यो नि है? हिजो जिउँदै गाडेका मान्छेहरूको आत्माले तर्साउँदैन तपाईँलाई कहिलेकाहिँ? याद राख्नुस यदि यहि हो चिज भने अब जनता भुटने छुट छैन तपाईँलाई। देशका नाममा जनताका नाममा नक्कलि खोल ओडेर बाहिर रास्ट्रियता फलाक्दै हिँडने भित्र भित्र रास्ट्रघातिहरूसँग गला मिलाउँदै जता जता भन्छन त्यता त्यता ल्याप्चे लगाउँदै हिँडने अधिकार तपाईँलाई कस्ले दियो? के तपाईँको ब्यक्तिगत स्वार्थसँग साटन यो देश तपाईँको पेवा हो? तपाई जेल जान नपरोस भनेर हामीले रास्ट्र प्रभुलाई सुम्पिदिनु पर्ने? तपाईँले जे गरेपनि जसो गरेपनि हाम्ले पुज्नैपर्ने? मान्नैपर्ने? होईन भने किन र कसरि सम्भब हुन्छन अँध्यारो कोठामा यस्ता गोप्य सहमतिहरू? सहनुको पनि एउटा सिमा हुन्छ।कहिले सम्म सहिदिनुपर्ने हाम्ले यस्तो? हुन त तपाईँ मालिकहरूकै आदेशबाट, योजनाबाट सन्चालित हुनुहुन्छ। अब मालिकको आदेश पालन गर्नु तपाईँको कर्तव्य पनि त हो।बिचरा तपाईँ! मान्छेहरू भन्छन हिजोको त्यो धनयुद्ध त्यसको बिजारोपण पनि मालिकहरूबाटै भयको हो।त्यसलाई बढाउने हुर्काउने काम पनि उनिहरूले नै गरे। र अब आईपर्ने परिस्थितिहरूको जिम्मेवारि पनि उनिहरूकै हो। के यो सहि हो? यसैको पुस्टि गर्दै हुनुहुन्छ तपाईँ? ठिक छ मालिकहरूको ऋण तिर्नुस तर मेरो देश छुन पाउनुहुन्न।

होईन भने यो बजेटलाई किन रोक्नुपर्ने? किन? यो सरकार किन ढाल्नुपर्ने?के छ कारण? आँफैले बनाएको सरकार छ महिनामै ढाल्नुपर्ने कसरि भयो? त्यस्तो के काम गर्यो यो सरकारले? हो अपेक्षित रूपमा काम गर्न सरकारले नसकेकै हो। कतिपय गलत कामहरू पनि भएका छन नभएका होईनन। तपाई प्रधानमन्त्रि हुँदा के गर्नुभएको थियो? सजिलो छ बाहिर बसेर बर्बराए जस्तो? अनि यस्तो सरकार ढालेर तपाईँ जस्तो सरकार बनाउँदै हुनुहुन्छ।के त्यो सरकारले तपाईँले भनेजस्तो काम गर्छ? कि उल्टै चिनसँग भएका २/४ वटा गतिला सहमतिहरूपनि उल्ट्यायर फेरि मुलुकलाई अपाङग बनाउने काम गर्छ? र भारतको ईसारामा, भारतको स्वार्थमा ल्याप्चे लाउँदै मुलुकलाई सिक्किमिकरणको दिशामा अगाडि बढाउँछ?

चुपचाप यहि सरकारलाई रास्ट्रिय सहमतिको सरकार बनायर मन्त्रालय बाँडफाँड गरेर, सबैलाई मिलाएर, अग्रगामी बजेट बनायर चिनसँगका महत्वपूर्ण सँझौतालाई कार्यान्वयन गरेर, मुलुकलाई आत्मनिर्भर बनाउन तिर नलागेर राजनेता बन्ने अबसर नचिनेर जस्ले ललिपप देखाउँछ त्यतै लोभिने प्रचण्ड स्वभाबले रास्ट्रिय राजनिति अझै लामो समय तरल रहने सङकेत गर्छ।

अध्यक्ष ज्यू !

पत्र अलि लामो भएकाले पढन छोडनुहोला नि! मैले मेरो निस्कर्ष अन्तिममा राख्दै छु। अहिलेको आजको तपाईँको यो निर्णय नेपालको माइक्रो म्यानेजमेन्ट लामो समयदेखि गर्दै आइरहेको दिल्लिको पछिल्लो नाङगो ओपन सेक्रेट हो । जुनकुरा लगभग सबै नेपालिले प्रस्ट रूपमा बुझिसके किनकि आजका जनता ५२ सालकै जस्ता छैनन धेरै स्मार्ट छन । नेपाललाई सँधै आफ्नो एउटा प्रान्त ठान्ने दिल्लि नेपालको संबिधान आँफुले भनेजस्तो भएन भनेर नाकाबन्दिको हदसम्म उत्रियो। एउटा भुपरिबेस्टित छिमेकिका लागि उसको सुक्ष्म ब्यबस्थापनको यो भन्दा नाङगो नमुना अरू के हुन सक्ला ? सँबिधान घोषणा बाट चिढियको दिल्लि आफ्नो अनुमति बिना ओलि प्रधानमन्त्रि बनेपछि झनै रूस्ट बन्यो । त्यसपछि जब ओलि चिन पुगेर पारबाहन लगायतका महत्वपूर्ण सम्झौता गरे त्यसपछि त दिल्लि पुरै बौलायो । बेहोस भयो । उसको निदहराम भयो । सदियौँ देखि नेपालमा अस्थिरता मच्चायर धमिलो पानिमा मार्न पल्केको ठुल्दाई पानि सङलिने र नेपाल आफ्नो खुट्टामा आँफै अडिने यानेकि आत्मनिर्भर बन्ने र आँफुलाई नटेर्ने स्थिति आउने खतरा देखेपछि शेरबहादुरलाई पार्टि सभापति अनि प्रधानमन्त्रि बनायर नेपालमा आँफु अनुकुलको गतिबिधि गर्ने, पुरानै खालको एकाधिकार कायम गरिराख्ने अभिस्टमा दिल्लि लाग्यो ।

राजाहरूबाट आफ्नो अभिस्ट पुरा नहुने देखेपछि दिल्लिले दलिय ब्यबस्था बाट नेताहरूलाई, दलहरूलाई एकअर्कामा भिडाएर, भाई भाई फुटालेर पालैपालो प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्दै आएको घामजत्तिकै छर्लङगै छ । सिधै सिक्किमिकरण गर्न नसकेपनि दिल्लि मन्द बिषको रूपमा नेपालमा पसिरहेछ । पछिल्लो समय मधेसि दलहरूलाई प्रयोग गरिरहेको उस्ले अब सिधै शेरबहादुर र प्रचण्डलाई प्रयोग गर्ने तयारिमा छ।समग्रमा भन्दा यो निर्णयबाट उकालो लाग्दै गरेको एमालेको लोकप्रियता चुलिनेछ र सम्भबत एमाले अब चुनाबमा पहिलो पार्टि बन्नेछ । माओबादीहरूजेल जानबाट त जोगिएलान तर गाउँघरमा मुख देखाउन नसक्ने स्थिति बन्छ अलि अलि उकालो लाग्दै गरेको छबिलालको छबि अब सकिनेछ । कंग्रेसिहरूको नकुरो गरम । दिल्लिले के कति बार्ग्निङ गरेर हुन्छ नगद,उदारो आफ्नो अभिस्ट आरामले पुरा गर्छ । कुरो रह्यो तपाईँ हाम्रो मलाई लाग्छ नेताहरूले यसरि १८० डिग्रिमा फन्को मार्दा पनि हाम्रो होस आउँदैन भने हामी डाडुमा पानि ततायर मरे हुन्छ । आउँछ भने अब दल, बाद सबै छोडेर देशभक्तहरू एक ढिक्का भएर मिलेर दिल्लिको पन्जाबाट नेपाललाई फुत्काउनुपर्छ । किनकि दिल्लिबाट पुरै बिमुख नहुँदा सम्म हाम्रो राजनीति यस्तै ल्याङ ल्याङ रहिरहनेछ । चिन सँगको सम्झौता पुरै अक्षरस कार्यान्वयन गर्न व्यापक दबाब दिनुपर्छ । र मुलुकलाई आत्मनिर्भर बनाउन सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्दछ र मलाई त जहँसम्म लाग्छ दिल्लिसँग नजोडिने नयाँ खालको राजनीतिको खोजि/बहस चलाउनुपर्छ ।

अब जनता जागेर स्वतस्फुर्त दल,बाद छोडेर एउटा देशभक्त भएर सडकमा आउनुपर्छ,आफ्नै नेत्रित्वमा।जय नेपाल।जय नेपाली।
आफ्नो महत्वपूर्ण समय दिनुभयकोमा धन्यबाद अध्यक्ष ज्यू उहि तपाईँको शुभचिन्तक ।
ईश्वर चिन्तन
स्रोत: इनेपाल डटकम