जीवन एक बगैँचा -मधु पण्डित


समय चलिरहन्छ निरन्तर
सोँच बदलिरहन्छ हरक्षेण
मान्छे बदलिरहेकोहुन्छ हरघडी
ठाउँ, परिवेश बदलिरहन्छन्
रोक्न सकिदैन परिवर्तनलार्ई
यिनै फेरवदल र नौला पाइलाहरु संगै
जोसंग मिल्ने गर्दछ काँटा तराजुको
उनीहरु नै जीवनमा रहन्छन्
बाँकी रहन पुग्छन् केवल संझनाका पानाहरुमा ।
त्यसैले लाग्दछ—याद मिठो हुनु पर्दछ
जसलाई मनमा जीवन्त राख्न सकियोस् ।
मायाँ, दया, घृणा सबै हुन्छ मान्छेमा
हाम्रो दायित्व हो
यसलाई कुन ठाउँमा उपयोग गर्ने ?
कुनलाई मनबाट विलुप्त गराउने
जीवन पनि त आफैमा बगैँचा हो
कहिले शरदमा जस्तै फूल फुल्छ
कहिले बसन्तमा झैँ हरियाली हुन्छ
कहिले शिशिरमा झै ओइलाउँछ
कहिले गृष्ममा झै खडेरी पर्छ ।
सिकारुको हातको गाढी जस्तै पनि हो जीवन
ब्रेक लगाउनु पर्ने ठाउँमा
एक्सेलेटर दबिदिन्छ
स्पीड चाहिएको बेला
ब्रेक लागिदिन्छ
कहाँ पुगेर ठोकिने हो पत्तो हुँदैन
त्यसैले,
जीवन जीउनु पनि कला हो
यसमा मिश्रण हुने रङ्गहरुको मात्रा
आफैले निर्धारण गर्नु पर्दछ ।

२०७३ जेष्ठ १, काठमाण्डौ ।