मुख्य पाँच दलको बैठक निष्कर्ष बिहिन

काठमाडौं, जेठ १ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको मुख्य ५ दलको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवारटारमा सत्तारुढ एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेता सहभागी बैठक आइतबार फेरि बस्ने गरी सकिएको हो । बैठकमा व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावलीमा देखिएको विवाद टुंग्याउने प्रयास भएपनि सहमति जुट्न नसकेको हो । संसदको नियमावली नबनेकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव तथा सर्वोच्च अदालतका लागि प्रस्ताव गरिएका ११ जना स्थायी न्यायाधीश र २१ जना राजदूतको संसदीय सुनुवाई हुन सकेको छैन ।