पविता परियार र गीता खत्रीको एल्बम दीप तुलसी घिमिरेबाट बिमोचन हुने, सी.डीबिक्रिबाट आउने रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिने


बाल्टिमोर, मे २

गायिका पविता परियारको स्वर र साहित्यकार गीता खत्रीको शब्द रहेको आधुनिक गीतको संग्रह, नयाँ एल्बम 'दीप' को यही मे ८ गतेका दिन न्यु योर्कको मालिंगो रेष्टुरेन्टमा १२ बजे बिमोचन हुने भएको छ |

एल्बमको बिमोचन बरिस्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले गर्नुहुने कार्यक्रम रहेको छ | बरिष्ठ चलचित्र निर्देशक घिमिरे चलचित्रको कामले केहि समयदेखि अमेरिकामा हुनुहुन्छ |

गायिका पबिता परियारको एकल आवाज रहेको यो एल्बम छिट्टै बजारमा आउने गायिका परियारले द नेपाल टुडेलाई बताउनु भयो | "साहित्यकार गीता खत्रीका अर्थपूर्ण शब्दहरुमा बिभिन्न संगीतकारहरु र एरेन्जरहरुको साथमा कालजयी र मिठा गीतहरु सिर्जना भएका छन् | म अति नै उत्साही भएकी छु |"

यो मेरो चौथो एल्बम हो | नव प्रतिभा बहिनिलाई दिएको छु | उहाँको स्वर पनि सार्है राम्रो रहेछ |" रचनाकार गीत खत्रीले द नेपाल टुडेसंग भन्नुभयो,  "छ जना संगीतकारहरुले मेहेनत गर्नु भएको छ |"

रचनाकार खत्री अन्तराष्ट्रिय नेपाली साहित्य समाजको पुर्ब केन्द्रिय अध्यक्ष खत्री अहिले बोर्ड अफ ट्रष्टीमा हुनुहुन्छ |


सी.डी को बिक्रीबाट प्राप्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिने खत्री र परियारले संयुक्त रुपमा द नेपाल टुडेलाई बताउनु भयो | "उहाँहरुले भुकम्प प्रभावित क्षेत्रमा सार्है राम्रो काम गर्नु भएको रहेछ | पविता बहिनीले प्रस्ताब राख्नु भयो मैले हुन्छ भने |" साहित्यकार तथा रचनाकार खत्रीले भन्नु भयो |

गायिका परियार केहि समयदेखि अमेरिकामा हुनुहुन्छ  भने रचनाकार खत्री १८ बर्षदेखि अमेरिकामा हुनुहुन्छ | अमेरिकामा हुने नेपालीहरुका धेरैजसो कार्यक्रममा पबिताले आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी छन् |

एल्बममा छ जना संगीतकारहरु हरि लम्साल, जय कुमार, यश कुमार, उदय सोतांग, चेतन सापकोटा र महेश खड्काले संगीत संयोजन गरेका छन् |

यो एल्बम जय म्युजिकले बजारमा ल्याउदैछ ।

,