सपना परदेशको -श्रीजन

श्रीजन

सपना परदेशको
सोंचाई उहि देशको ??

परिवर्तनको शुरुआत हुन्छ सानै सोंचले..
कति बुझाउनु हो तिमीहरूलाई गाउँले ??

बस्नु खानु जिउनु छ परदेशमा..
हिड्छौ किन उही चाकडी भेषमा ??

घर खेत बेची ऋण काटी आयौ..
सन्तान भोकै संगिनी रुँदै, खादा लाएर के पायौ ??

संसार जित्ने नेपाली बन.. दलबलमा के छ र..
मरेर भोलि लिएर जाने छ नै के पो र ??

सपना परदेशको
सोंचाई उहि देशको ??

बाल्टिमोर, मेरिल्याण्ड