धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने हाम्रो अभियान


किरण ढकाल

गत साल नेपालमा गएको महाभूकम्पले हजारौ मानिसहरूले ज्यान गुमाउन पर्यो, लाखौले घरबार बिहिन हुन पर्यो। नेपाल र नेपालीहरूका लागि यो एउटा कहालिलाग्दो घटना हो।

यो कहाली लाग्दो घटनापछि देश विदेशको ध्यान नेपाल र नेपालीको दुखले तान्यो | सबैले आँखा नेपालमा परे | नहुनुपर्ने घटना भईसकेको थियो | अब सबैको चासो र चिन्ता पिडितहरुको सेवा, सुबिधा र भत्केका संरचनाको पुनर्निर्माण गर्नेमा थियो | तत्काल ठुला ठुला कुरा पनि सुनियो | तर एक बर्ष पुरा भैइसक्दा पनि खासै केहि भएको छैन | बिदेशी राष्ट्रहरुले पैसा दिएका छन् तर त्यो पैसा बैंकमा छ | पिडित जनताहरु अस्थाई टहरामा डराई डराई बसेका छन् |

राज्य कहाँ चुक्यो ?  किन चुक्यो ? खोजीको बिषय बनेको छ |  तर नागरिकले पनि यस बिषयमा धेरै आवाज उठाउन सकेको देखिदैन |

यस्तैमा देशको एक जोडी कलाकारले प्रशंशायोग्य काम गरेका छन् | त्यो जोडी हो- धुर्मुस-सुन्तली |

भूकम्प गएको समयमा अमेरिकाको बिभिन्न राज्यहरूमा कार्यक्रम गर्न पुगेका हास्य कलाकार धुर्मुस-सुन्तलीहरू सबै बॉकी कार्यक्रमहरू रोकेर नेपाल फर्किए। महॉभूकम्पले थिलथिलो पारेको क्षेत्रमा राज्यले पुननिर्माण कार्यलाई गति दिन नसकिरहेको अवस्थामा २० घर, २० धारा, २० बायोग्यास र पाहुना घर समेत भएको करिब करिब ६०/६५ लाखको लागतमा काभ्रेको डॉडॉगाउँको पहरी समुदायमा नेपालकै पहिलो पहरी एकिकृत नमूना वस्ती निर्माण गरि धुर्मुस - सुन्तली फाउण्डेसनले सबैका सामू "आट गरे के सकिदैन र ?" भन्ने मान्यतालाई प्रस्ट्याईदिएका छन।

उनै धुर्मुस-सुन्तलीले अहिले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ८, गिरान्चौरमा ६५ घर, ६५ धारा, ६५ बायोग्यास र पाहुनाघर समेत गरि करिब ३ करोडको लागतमा तयार गर्ने उधेश्यले "गिरान्चौर एकिकृत नमूना बस्ती पुननिर्माण तथा पर्यटन प्रबद्दधन परियोजना " सुरू गरिसकेको छन।

धुर्मुस-सुन्तलीले गरेको यो उदाहरणिय कामको होस्टेमा हैसे हामी  विदेशमा रहेका नेपालीहरूले गर्नुपर्छ भन्ने सोचका साथ सिताराम कट्टेल (धुर्मुस) संग फोन सम्पर्क गरि हामी पॉच जना (केशब ढकाल, बसन्त भट्टराई, बिबेक पौडैल, अरूण शर्मा र म) ADMIN रहेको सामाजिक संजाल पेज ( म नेपाली ) मार्फत सक्दो सहयोग संकलन गरि धुर्मुस-सुन्तली फाउण्डेसनलाई साथ दिने अभियान चलाएका छौ। सामाजिक संजाल 'म नेपाली' बाट चलाएको यो अभियानमा साथीहरूको सहयोग पनि आईरहेको छ।

धुर्मुस-सुन्तली फाउण्डेसनसंग स्विकृति लिई सुरू गरेको यो अभियानलाई पारदर्शी बनाउन सहयोगी दाताको नाम, फोटो र सहयोग गरेको रकम खुलाएर 'म नेपाली' पेज मार्फत सार्वजनिक पनि गरिरहेका छौ।

एक महिने अभियानबाट उठेको रकम जूनको पहिलो हप्ता भित्र धुर्मुस - सुन्तली फाउण्डेसनको बैक खातामा जम्मा गरिदिने छौ।

सम्पुर्ण सहयोगीहरूको नाम गिराचोर एकिकृत नमुना बस्तीको पाहुना घरमा पनि लेखिनेछ।

तपाई पनि 'म नेपाली' पेजको अभियानमा सहयोग हात अगाडी बढाउन चहानुहुन्छ भने हामी हार्दिक स्वागत गर्दछौ ।

बुटवल
हाल : बाल्टिमोर, मेरिल्याण
संयुत्त राज्य अमेरिका
१४४३६७५८२०६