६३ औँ पटकको मेरो नेपाल यात्रा



यसै साल सन २०१६ मा म ६३ बर्षको भए । बसन्त ॠतुको यो समय नेपालको यात्रा पनि ६३ औँ पटक भयो । सन १९८८ मा नेपाली साथीको निमन्त्रणामा सर्बप्रथम नेपाल भ्रमण गर्दै पोखराको एक सरकारी बिद्यालयमा पुगेको थिए । कक्षाभित्र  निहाल्दा बत्ती नभएको सानो अध्यारो कोठामा धेरै विद्यार्थी अटाई न अटाई  बस्दै पढिरहेका थिए । पातलो टिनको होचो छाना मुनी कालो पाटी बिनाको सानो कक्षामा थोत्रा र मैला लुगा लगाएका ठुटा शिशा कलम समाउदै लेखिरहेका देखिन्थे ।बिहान सबेरै घरको काममा मदत गर्ने र त्यसपछी २ घण्टा पैदल हिडेर बिधालय आई पढ्ने र स्कुल पछी पुन : घरको काममा सहयोग गर्ने विद्यार्थीको बारेमा एउटा  कथा सुने तर यो वास्त्विक्ता नै रहेछ । यस्तो  अप्ठ्यारो परिस्थितीबाट गुज्रेका विद्यार्थीहरुले त्यती राम्रो संग पढ्ने समय पर्याप्त नभएको जस्तो मलाई मह्शुश हुन थाल्यो । त्यसको लगत्तै म जापान फर्केपछी विद्यार्थीहरुका लागी केहि गर्न सकिन्छ भनेर रातदिन सोच्न बाध्य भए । यसरी विद्यार्थीहरुलाई सहयोग गर्दा गर्दै आज २७ बर्ष पुगेको पत्तै भएन ।

त्यहाँ बस्ने नेपालीलाई तत्काल शिक्षा र स्वास्थ्यमा सहयोग गर्नु पर्छ भन्ने मलाई लागेको थियो ।त्यसपछी एउटा योजना तय गर्दै अर्को बर्ष  उक्त बिद्यालयमा अध्ययन गर्ने तीन जना विद्यार्थीहरुलाई छात्रबृती बितरण गर्नका लागी छनौट गरियो ।धेरै भन्दा धेरै विद्यार्थी बिद्यालय जाने वातावरण बनाउन सक्यो भने ति विद्यार्थीहरु आफ्नो भबिष्य  उज्जवल पार्दै देशको लागी कर्णाधार हुनेछन भन्ने मेरो बिश्वास अनि सपना थियो ।

 सन १९९१ पोखराको सरकारी बिधालयमा शैक्षिक सामाग्री तथा माईक्रोसकोप बितरण गर्न थालियो ।त्यस्तैगरी पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा अस्पताल ५ वटा बेड र केहि मेडिकल संबन्धी पुस्तकहरु प्रदान गरेका थियौ । हरेक साल बिद्यालयका लागी आवश्यक पर्ने,बेन्च्,डेस्क,कुर्चि,टेबल्, कालोपाटी,किताब,कापि,डिस्नेरी,खेल्कुद्का
सामग्री बितरण तथा भलिबल कोर्ट निर्माण  कार्यहरु  निरन्तररुपमा गर्दै आयौ ।यस बर्ष विद्यार्थीहरुका लागी चौरमा खेल्ने कुराहरु जस्तै चिप्लेटी, पिङ बनाएर हस्तान्तरण गरेर फर्किए ।बिगतमा झै  नेपालको अस्पतालका नर्शहरुलाई जापानको अस्पतालमा आधुनिक किसिमको प्रबिधीबाट उपचार बिधी र तालिम दिईसकेपछी नेपाल फर्केर त्यहाँको अस्पतालमा सेवा गर्ने गर्दै आईरहेको कार्यलाई पुन सन्चालन गर्नका लागी नेपालको अस्पताल र जापानको अस्पताल बिच कुरा अगाडी बढिरहेको छ ।जापानको अस्पतालबाट तालिम लिई फर्केका नर्शहरुले नेपाल गएर  यहाँको प्रबिधी प्रयोग गर्दै नयाँ किसिमले नेतृत्व गर्ने छन भन्ने मलाई बिश्वास लागी रहेको छ ।

यो २७ बर्षको अवधिमा धेरै नेपालीहरु बीच संगत भएपनी काठ्माण्डौमा एक जना  श्री बिनोद अमात्यजी  र पोखरामा एक जना श्री बिरेन्द्र कुमार हिराचन अत्यन्तै मन मिल्ने र बिशेष साथी बन्न पुगे । उहाँहरुको सहयोग्,सल्लाह बमोजिम नेपालका कार्यक्रमहरु निरन्तररुपमा सन्चालन गर्दै अघी बढ्यौ । अफसोच काठ्माण्डौको साथी ५० बर्ष को अल्पायुमा नै ज्यान गुमाउनु भयो ।यति  छोटो उमेरमा ज्यान गएको सुन्दा नेपालको मेडिकल उपचार प्रणाली आधुनिक र    गुण्स्तरीय  हुन नसक्नु पनि होकी जस्तो मलाई लागिरहेको थियो ।

 मुख्यत :अहिलेको सम्म १३ वटा सरकारी माध्यमिक बिद्यालय र १० वटा प्रथामिक बिद्यालयका २००० जना विद्यार्थीहरुलाई जापानीज डोनर सह्कर्मी मित्रहरुको सहयोग बाट छात्रबृती प्रदान गरी सकिएको छ ।यस  छात्रबृतीबाट लाभान्वित भएका विद्यार्थीहरु नेपालको लागी एक दक्ष जनसक्तीको रुपमा देशलाई टेवा पुर्याई  रहेको देख्दा आफुलाई अत्यन्तै खुशी र सन्तोषको अनुभुती भैरहेको छ ।त्यसो त प्रारम्भको समय  सन १९८९ मा छात्रबृतीमा छनौट भएका ३ जना विद्यार्थी मध्य एक जना विद्यार्थी  श्री राजेन्द्र थापा जी  जापानको आईचिकेन स्थित  टोयोटा सिटीमा रेष्टुरेन्ट ब्यबसाय गर्दै आईरहनु भएको छ ।यस संथाको तोकाई - नागोयाको चेयरमेन भई संथा मार्फत धेरै सहयोग गर्दै आईरहनु भएको छ ।

 सुचना प्रबिधी धेरै फड्को मारिसकेको अवस्था भएकोले बिश्व एक गाउँ जस्तै बनिसकेको छ । इन्टरनेट र मोबाईल फोनको प्रयोगबाट नयाँ पुस्ताका मानिसहरु बिदेशको मोह बढ्दै गैरहेको छ ।जापानमा पनि यहाँ बस्ने बिदेशीको संख्यामा नेपालीहरु ५ औँ  स्थानमा  (५६ हजार )जना बसोबास गर्दै बिभिन्न पेशा, काम र अध्ययनमा  आबद्ध  हुँदै आईरहेका छन । यसरी बिदेशिने नेपालीहरुको सख्या दिनहुँ बढिरहेकोले नेपाल सरकारले गम्भिर रुपमा सोच बिचार गर्नुपर्ने देखिन्छ ।

आजभोलि ४ बर्ष भित्रमा पोखरा शहरमा अन्तराष्ट्रीय बिमानस्थल बन्ने कुरा निर्णय भैसकेको छ । एयरपोर्ट बनिसकेपछी बिदेशबाट घुम्न आउने पर्यटकको बृद्धि संगै काम र बिकाशका  संभावना बढ्दै जानेछ । सुन्दर रमणिय पोखरामा जताततैबाट

अन्नपुर्ण र माछापुछ्रे हिमाल देखिने हुनाले संसारमा यसको छुट्टै स्थान र महत्व हुनेछ ।   बर्षेनी  यहाँ सिधै आउने पर्यटक धेरै हुनेछन । २७ बर्ष नेपाल आते जाते गर्दा पोखरामा अनेकौ परिवर्तन भैसकेको मैले देख्दै आईरहेको छु ।६३ बर्षको यो उमेरमा ६३ औँ पटक यात्रा गर्दै एउटा सानो उत्सव पनि पोखरामा नै मनाउन पाएको धेरै खुशी छु ।मैले जती सक्दो पोखराबासीको जीबन यापनमा सहयोग हुने किसिमको योजना तथा कार्यक्रम र विद्यार्थीका उज्वल भबिष्य निर्माण लागी निरन्तर प्रयास गर्दै जानेछु ।

अबको समय भनेको गत सालको महाभुकम्पले क्षतबिक्षत भएको बिधालय पुनर्निमार्ण गर्ने रहेको छ ।बर्षायाम नजिकदै छ, बिद्यालय निर्माण गरी खुला चौरमा अध्ययन गरी रहेका विद्यार्थी भाईबहिनिहरुलाई छानामुनी राखेर पढाउनै पर्छ । त्यसै योजना अनुरुप पोखराको श्री लिला निन्न माद्यमिक बिद्यालयको भवन पुनर्निमार्ण गर्ने कुरा सोच लिएर अगाडी बढ्दै छु ।

 यामासिता किन्जो,
 अध्यक्ष
(नेपाल फ्युचर थिन्किङ एसोसियसन ओसाका-जापान)










,