एमाले समर्थित पत्रकारको संस्थामा अध्यक्ष ओली र नेपाल पक्षको भिडन्त

गणशे बस्नेत र माधव नेपाल

काठमाडौं। नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका दुई प्रतिष्पर्धी गणेश बस्नेत र माधव नेपाल पक्षबीच सहमति जुटन नसकेपछि सोमबार र मंगलवार गरि दुवै पक्षले प्यानल घोषणा गरेका छन।  बस्नेत पार्टी अध्यक्ष केपी ओली निकट संस्थापन पक्ष र अध्यक्षका उमेद्वार माधव नेपाल पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मानिन्छन।

गणेश बस्नेत समुहमा यि छन उमेद्वार 
ओली निकट संस्थापन पक्षको अध्यक्षमा गणेश वस्नेत, बरिष्ठ उपाध्यक्षमा कुशलबाबु बस्नेत, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा निमा काफ्ले र महासचिवमा गणेश पाण्डे उम्मेदवार तय भएका छन्।

यसैगरी कोषाध्यक्षमा टेकराज थामी, उपमहासचिवमा रामकृष्ण शर्मा र देवीका घर्तिमगर, सचिव खुलामा इन्द्र आचार्य, भरत केसी, द्वारिका काफ्ले र विक्रम लुइँटेल, मधेसी सचिव भउचप्रसाद यादव, दलित जनजाति सचिवमा हिरामान लामा तय भएका छन्। यसैगरी अनुशासन आयोग प्रमुखमा चेतन अधिकारी र लेखा प्रमुखमा जे पाण्डेको उम्मेदवारी तय भएको छ।

प्रदेश नम्बर १ को उपाध्यक्षमा लिलाराज भट्टराई, २ मा लालबाबु सेख, ३ मा विश्वमणि सुवेदी, ४ मा हरि वास्तोला, ५ मा सविन प्रियसन, ६ मा बीरबहादुर गिरी उमेद्वार बन्ने छन। प्रदेश नम्बर ७ को उपाध्यक्षमा तय हुन बाँकी छ।

माधव नेपाल पक्षमा को को छन उमेद्वार
माधवकुमार नेपाल पक्षधरले वहालवाला महासचिव माधव नेपालको नेतृत्वमा बेग्लै प्यानल घोषणा गरेको छ। नेपाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शान्ति गुरुङ, महिला उपाध्यक्षमा निमा काफ्ले र समावेशी उपाध्यक्षमा सइन्द्र राईलाई अघि सारिएको छ। महासचिवमा वहालवाला सचिव राजेश राई उम्मेदवार भएका छन्।

यसैगरी नेपाल पक्षबाट प्रदेश नम्बर १ को उपाध्यक्षमा तिर्थ सिग्देल, २ को लालबाबु शेख र ३ को रामकुमार एलन उम्मेदवार छन्। यस्तै प्रदेश नम्बर ४ बाट हरि बास्तोला, ५ बाट सबिन प्रियासन, ६ बाट बिरबहादुर गिरी र ७ बाट नरेन्द्र साउदलाई उपाध्यक्षको उम्मेदवार हुन भएका छन्। शेख, बास्तोला, प्रियासन र गिरी संस्थापन पक्षको प्यानलमा समेत परेका छन्।

दुई उपमहासचिव पदका लागि शुरोजंग पाण्डे र अमृतनाथ तिमल्सेना नेपाल पक्षको उम्मेदवार बनेका छन्। पाण्डे बस्नेत क्रियाशिल रहेको राजधानी दैनिकमा आवद्ध छन् भने उनीहरु दुवैको घर दोलखा हो तर प्यानल भने अलग छ। सचिव पदका लागि खुलातर्फबाट विकास बन्जाडे, नवराज भण्डारी, गगनशिला खड्का र सुरेशसुमन डाँगीलाई नेपाल पक्षले उम्मेदवार बनाउने भएको छ। यसैगरी कोषाध्यक्ष पदमा इश्वरी काफ्लेको उम्मेदवारी घोषणा भएको छ। अनुशान आयोगको प्रमुख केशव अधिकारी र लेखा आयोगमा केसी लामिछानेलाई नेपाल पक्षले अघि सारेको छ। जनजाति कोटाबाट हिरामान लामा, मधेसीबाट सुभासप्रसाद साह र दलितबाट हेमकर्ण विक प्रतिस्पर्धामा उत्रिने छन्।

चौतारीको केन्द्रीय सदस्यको उमेद्वारहरुको बारेमा भने दुबै पक्षले खुलाएका छैनन।