विदेशी मुद्रा अपचलन मुद्दामा दोषी ठहर महिला ११ वर्षपछि पक्राउ

विराटनगर, वैशाख २३ – विदेशी मुद्रा अपचलन मुद्दामा अदालतले दोषी ठहर गर्दै जरिवानाको फैसला गरेपछि फरार भएकी एक महिला ११ वर्षपछि पक्राउ परेकी छन् । २०६२ साल असोज १४ गते अदालतले तीन करोड ४८ लाख ८३ हजार ५ सय ९० रुपैयाँ जरिवाना गरेपछि फरार भएकी मोरङ बेलबारी ३ की थिरकुमारी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई विशेष सुराकीका आधारमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । अदालतमा उपस्थित गराइ उनलाई करागार चलान गरिएको पंगेनीले बताए ।