सांसद तथा कांग्रेसका नेता रामकृष्ण घिमिरेसंग बाल्टिमोरमा अन्तरक्रिया सम्पन्न

अमेरिका भ्रमणमा रहनु भएका चितवन क्षेत्र नम्बर ४ का सांसद तथा नेपाली कांग्रेसका नेता रामकृष्ण घिमिरेसंग मेरिल्याण्डको बाल्टिमोरमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो |


नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरले उक्त कार्यक्रमको आयोजना गरेको थियो | कार्यक्रमका सहभागीहरुले सांसद घिमिरेसंग नेपालको वर्तमान राजनीतिक गतिबिधिका बारेमा छलफल तथा अन्तरक्रिया गरेका थिए |

च्याप्टर महासचिव नेत्र के.सी.को संचालनमा भएको कार्यक्रमको अध्यक्षता सभापति राजेन्द्र सेन्चुरीले गर्नु भएको थियो |





,