बारीको डिलबाट लडेर एक जनाको मृत्यु

धनकुटा जेठ, १ – धनकुटाको मुर्तिढुंगा–६ मा बारीको डिलबाट लडेर एक जनाको ज्यान गएको छ । मुर्तिढुंगा–६ का चेतबहादुर भण्डारीको घर नजिकको बारीमा काम गर्ने क्रममा डिलबाट लडेर ज्यान गएको हो । शुक्रबार बेलुका बारीको डिलबाट लडेर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाको जानकारी पाएपछि आवश्यक अनुसन्धानका लागि सिँधुवा प्रहरी चौकीबाट टोली खटाइएको धनकुटाका डिएसपी विमल बस्नेतले बताए ।