म्यानचेस्टर युनाइटेडको अन्तिम जित

एजेसि जेठ, ५ – इंग्लिस प्रिमियर लिगका अन्तिम खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले बोर्नीमाउथलाई ३-१ गोल अन्तरले हराएको हो । खेलमा हाबी रहेको म्याचेस्टरले बोर्नीमाउथलाई निबै दबाबमा राखेको थियो । ३ गोल खाएको बोर्नीमाउथले इन्जुरी समयमा एक गोल फर्कायो । यसअघि म्यानचेस्टर युनाइटेड र बोर्नीमाउथ बिचको खेलका क्रममा शंकास्पद वस्तु भेटिएको भन्दै खेल स्थगित भएको थियो । जितसँगै म्यानचेस्टर युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । तर पाँचौ स्थानमा उक्लिए पनि आउँदो सिजनको च्याम्पियन्स लिगका लागि भने म्यानचेस्टर युनाइटेडले समूह चरणमा स्थान बनाउन सकेन ।