खोलाले जीप बगायो

नवलपरासी, जेठ १२ -नवलपरासीको सर्दीबाट दुम्किबासका लागि छुटेको जीप कोलटाँडीमा  विनयी खोलामा आएको बाढीले बगाएको छ । ईलाका प्रहरी कार्यालय नयाँबेलहानी दुम्किबासका प्रहरी निरीक्षक युवराज तिमिल्सेनाका अनुसार लु १ ज २६१४ नम्बरको जीप खोलामा आएको बाढीले  बगाएको हो । जीपमा सवार ८÷१० जना यात्रु थिए । उनीहरुलाई कुनै गम्भीर चोट लागेको छैन । जीत झण्डै सय मिटर पर सम्म पल्टेकाले क्षति  पुगेको  प्रहरी निरीक्षक तिमिल्सेनाले बताए ।