आफ्नो स्तनका बारेमा सोनाक्षी भन्छिन...(भिडियो सहित)


एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री पनि सामाजिक जागरण अभियानमा सहभागि भइरहेका छन् । अन्य बलिउड कलाकार जस्तै  सोनाक्षी सिन्हा पनि सामाजिक अभियानमा सक्रिय रहेकी छन् ।

 'एले इन्डिया' म्यागजिनले स्तन क्यान्सरको जागरण अभियानको लागि सोनाक्षीसँग सहयोग मागेको थियो। 'ह्वाट डू यू कल योर बूब्स' नामको सो क्याम्पेनको लागि सोनाक्षीले भिडियो म्यासेज रेकर्ड गराइन् । 'ह्वाट डू यू कल योर बूब्स?' प्रश्नमा उनले सोझो उत्तर 'नोकर्स' भनिन् । उनले प्रश्नबारे थप स्पस्ट पार्दै 'पपैया' भनिन् ।

स्तन र सो सम्बन्धि समस्याहरुमा धेरै महिलाहरु खुलेर कुरा गर्न चाहदैनन् र स्तन क्यान्सरको शिकार हुने गर्दछन् । यस भिडियोमा सोनाक्षी सिन्हा लगायत अन्य अभिनेत्रीहरु स्तन क्यान्सरको बारेमा जनचेतना फैलाउन चुलबुले तरीकाले काम गरेका छन् ।

 भिडियोको अन्त्यमा सोनाक्षी सिन्हा भन्छिन् , " तपाई जे मन लाग्छ गर्नुहोस्, तर बूब्सको  ख्याल राख्नुहोस।"

सोनाक्षी लगायत अन्य अभिनेत्रीहरुले आफ्नो बूब्सलाई फरक-फरक नाम दिएका छन् । गुल पनागले बूब्सलाई मेङगो भनिन् भने डायना पेन्टीले लोरेल र हार्डी नाम दिइन् ।