भाइलाई बलात्कार गरेको आरोपमा दाइ जेल चलान

रामेछाप, वैशाख २१ – पाँच वर्षे भाइसँग अप्राकृतिक यौन सम्बन्ध राखेको आरोपमा रामेछापका एक युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि कारागार चलान गरेको छ ।
न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले पुरानागाउँ गाविस ९ का १८ वर्षका सुव्वा भन्ने विवेद बिकलाई वालयौन दुराचार र जर्वजस्ती करणी अन्तर्गतको मुद्दामा कारागार चलान गरेको हो । बिकले भाइ नाता पर्ने ५ वर्षे बालकसँग जवर्जस्ती अप्राकृतिक यौन सम्बन्ध राखेका प्रहरीले जनाएको छ ।
बिकले खेलिरहेका भाइलाई चुङ्गी र अन्य खेलौनाहरु दिन्छु भन्दै फकाएर आफ्नो घरको कोठामा लगी भाइको मुख थुनेर मलद्वारमा यौन सम्बन्ध राखेका थिए । दाजुले जवर्जस्ती गरेपछि रुँदै कराउँदै घरमा पुगेर ५ वर्षे बालकले अभिभावकलाई घटनाको बारेमा जानकारी दिएका थिए । त्यसपछि बालकका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । कार्यालयमा उजुरी पर्नासाथ बिकलाई प्रहरीले गाउँमै पुगेर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मन्थली ल्याएको थियो। बिकले गाउँका केही व्यक्तिहरुले भनेको सुनेका आधारमा आफूले त्यस्तो काम गरेको भन्दै घटनाको विषयमा फटाफट बयान दिएको प्रहरीले जनाएको छ । बयानपछि प्रहरीले करणी र बालयौन दुराचारको अभियोगमा हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रामेछाप जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो ।