डा. श्याम कार्की मेरिल्याण्ड राज्यका लागि दक्षिण एसियाली मामिला आयुक्त नियुक्त




अमेरिकामा झन्डै चालिस बर्षदेखि बसोबास गर्दै आउनु भएका समाजसेवी तथा एनआरएन का संस्थापक उपाध्यक्ष डा. श्याम कार्की मेरिल्याण्ड राज्यका लागि दक्षिण एसियाली मामिलाका लागि आयुक्त पदमा नियुक्त हुनुभएको छ | मेरिल्याण्ड राज्यका गभर्नर लारी होगनले कार्कीला यो पदमा नियुक्त गरेका हुन् |

 गभर्नर कार्यालयले फोन सम्पर्क गरि आफुलाई उक्त पदमा नियुक्त गरेको औपचारिक जानकारी डाक्टर कार्कीले आफ्नो फेसबुकवालमा उल्लेख गर्नु भएको छ |

नेपाली मूलका कुनै पनि व्यक्तिलाई मेरिल्याण्ड राज्यका गभर्नरले यस्तो जिम्मेवारीमा नियुक्त गरेको सम्भवत: यो पहिलोपटक हो |

कार्की एशोसियसन अफ नेप्लिज इन अमेरिकाका पूर्व अध्यक्ष र हाल नेपाल शिक्षा तथा सामुदायिक केन्द्र, एनइसीसीका बोर्ड अफ ट्रष्टीका अध्यक्ष र अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका समेत अध्यक्ष रहनु भएको छ |

आफ्नो फेसबुक वालमा डाक्टर कार्कीले यो नियुक्तिले आफु नाकै उत्साहित भएको र नेपाली अमेरिकी समुदायले मेरिल्याण्ड राज्यमा गरेको लगानी र योगदानको सम्मानका रुपमा आफुले लिएको उल्लेख गर्नु भएको छ |